2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा एक किलो नुन ७५ रुपैयाँ

भदौ ५, मुगु | जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजीमार तीन वर्षदेखि सुनसान बनेको छ ।  हरेक वर्ष साउन १५ देखि अन्तिम साउनसम्म १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङ बासी निराश बनेका हुन् ।

१५ दिनका लागि अस्थायी रूपमा खोल्ने व्यापारी केन्द्रबाट यस पालिकाका स्थानीय वर्ष भरिको लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामान किनमेल गर्न त्यस क्षेत्र पुग्ने गर्थे । 

कोरोना महामारीका कारण तीन वर्ष यता उक्त व्यापारी नाका ठप्प हुँदा स्थानीय कर्मचारी, व्यापारी र सर्वसाधरण मारमा परेका मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

सुर्खेत नेपालगन्जदेखि सामान किनेर ढुवानी गर्दा बस्तुको मूल्य भन्दा ढुवानीको मुल्य चार पाँच गुणा बढी पर्ने गरेको उनको भनाइ छ । उक्त नाका अस्थायी व्यापारी नाका नखोल्दा स्थानीय महँगो पैसामा खाद्यान्न किनेर दैनिक जोहा गर्न बाध्य भएको उनले बताए ।

तीन वर्षदेखि उत्तरी व्यापारी नाका बन्द हुँदा खाद्य बस्तु, लत्ताकपडा लगायत दैनिक उपभोग्य बस्तुको जोहो गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिका २ की फुटी लामाले बताइन् । यो वर्ष पनि भदौ पहिलो साता बित्न लाग्दा पनि नाका खुल्ने नखुल्ने कुनै निश्चित नभएको उनको भनाइ छ ।  

तिब्बती ब्यापारी नाकाबाट खाद्यान्न लगायतको उपभोग्य बस्तु ल्याएर हामी बाच्ने गरेको डोल्फु गाउँका ग्याल्जन लामाले बताए । नाका नखुले आफूहरूलाई परिवार पाल्न मुस्किल हुने उनले बताए ।

साउन १५ देखि मसान्त सम्म खोलिने नेपाल र तिब्बतको सिमाना ह्याजीमारामा तिब्बती व्यापारीले अस्थायी हाट बजार सञ्चालन गर्ने र उक्त हाट बजारमा मुगम कार्मारोङ गाउँपालिकाका मुगु, चितै, डोल्फु,ताखा, खारी, किम्री, रिउस, पुअ, मह मांग्री लगायत १७ वटा बस्तीबाट स्थानीय व्यापारी, सर्वसाधारण खाद्य बस्तु, नुन, तेल लत्ताकपडा किन्न उक्त नाकातिर ओइरो लाग्ने गर्थे ।

तिब्बतबाट सामान ल्याउन कसैले घोडा खच्चर, चौरी झोबा गधा लगायत माल बस्तु लिएर सामान ढुवानी गरेर ल्याउने गरेको किम्रीगाउँका जिक्टोल लामा बताउँछन् ।

उत्तरी व्यापारी नाका बन्द हुँदा हामीमा गरिबी समेत बढेको उनको भनाइ छ । खेत गरामा अन्नबाली समेत उत्पादन हुन छोडेको र उत्तरी व्यापारी नाका पनि तिन वर्ष यता बन्द हुँदा जीवनयापन गर्न कठिनाइ भएको उनी बत्ताउँछन् ।

२५ केजी चामलको मुगु सदरमुकाम गमगढीमा १८ सय देखि दुई हजार दुई सय सम्म पर्छ । भने मुगम कार्मारोङका विभिन्न गाउँ बस्ती सम्म पुग्दा ६ हजार सम्म पर्ने गरेको स्थानीयको भनाइछ । एक केजी नुनको सदरमुकाममा ९ रुपैयाँ पर्छ भने कार्माङमा ७५ रुपैयाँ सम्म पर्ने गरेको छ ।

सामान किनेको मुल्य भन्दा ढुवानी महँगो पर्ने भएकाले स्थानीय मर्कामा परेका छन् ।  सुर्खेत नेपालगन्जमा एक हजार दुई सयदेखि एक हजार ८ सय सम्म पर्ने चामल मुगु सदरमुकाम पुगाउन प्रति केजी १२ रुपैयाँ ढुवानी पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक