१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल

१० भाद्र २०७९, शुक्रबार ११:३३

भदौ १०, काठमाडौं | राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र साह (बालेन)नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो ।

अवैध रुपमा बनेका संरचना र अनुमतिविपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले  पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका सामन राखेपछि हटाएको थियो । 

महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्टसेवाग्राहीका लागि पार्किङको रुपमा प्रयोग गरिने जानकारी दिएको हो । 

विभागले आइतबारदेखि नै लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस विभागमा आइदिन, आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आइदिन, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन विभागले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता