२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव जित्न बालेन्द्र शाहकाे भन्दा चर्काे ‘सेन्टिमेन्ट’ ल्याउने उपाय खाेजिरहेका छाैँ : प्रचण्ड

२०७९, १३ भाद्र सोमबार ११:५९

भदौ १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि काठमाण्डाै उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताउनुभएकाे छ । सोमवार काठमाण्डाैमा आयोजित पार्टीकाे उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले पालिका चुनाव सेन्टिमेन्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्टिमेन्टकाे उपाय खोजिरहेको बताउनुभयो । 


कार्यक्रममा बाेल्दै उहाँले आउँदाे चुनावका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधवारसम्म टुङ्गो लगाउने बताउनुभयाे । उहाँले तीन चरणमा सिटको भागबन्डा हुने दाबी गर्नुभयो । भदाै १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निष्कर्ष निकाल्ने र २५ गते आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुङ्गो लगाइसक्ने उहाँकाे भनाइ थियाे । 

उहाँले भन्नुभयो, ‘आज मात्र प्रधानमन्त्री र कांग्रेसका नेताहरूसँग पनि मेरो कुरा भएको छ । पर्सिसम्म सिट सङ्ख्या टुङ्ग्याउने प्रतिबद्धता छ । पालिका चुनावमा हाम्रो पार्टीमा पनि अनौठा घटना भए । कोही बाइकबाटै टिकट सोरेर लगेर अर्कैलाई दिने घटना भए । केही ठाउँमा पार्टीले अर्को भनेको छ, अर्कै मान्छे गएर दर्ता गरेको पाइयाे । तर प्रदेश र सङ्घमा त्यस्तो हुँदैन । त्यस्तो हुन दिइँदैन । हामी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६० सिटभन्दा घट्न सक्दैनाैँ, त्यस्तै प्रदेश सभामा एक सय २० सिटमा दाबी रहन्छ ।’

अध्यक्ष प्रचण्डले गठबन्धन अब पनि रहने कि नरहने भन्नेबारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनमा आउँदाे चुनाव लड्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गर्नुभयो । उहाँले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेन्डा बनाइरहेको आरोप पनि लगाउनुभयो । उहाँले माओवादी केन्द्रले नै वैवाहिक अङ्गीकृतलाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताउनुभयो । उहाँले संसद् विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागरिकता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि त्यही विधेयक ल्याएको बताउनुभयो । सरकार राष्ट्रिय सहमति बनाएर वैवाहिक अङ्गीकृतको बारेमा पनि प्रतिबद्ध रहेको उहाँकाे भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी