१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता विधेयकबारे प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेतृत्वसँग राष्ट्रपतिको छलफल

१३ भाद्र २०७९, सोमबार १२:०७

भदौ १३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेतहरुसँग आज भेटवार्ता गरेकी छन् । राष्ट्रपतिकै बोलावटमा कांग्रेस सभापति देउवाको नेतृत्वको टोली शीतलनिवास पुगेको थियो ।


शीतलनिवास स्रोतका अनुसार भेटवार्तामा हाल राष्ट्रियसभामा विचाराधीन नागरिकता विधेयक र अन्य समासामयिक विषयमा छलफल भएको छ । राष्ट्रपति भण्डारीले सरकारलाई सुझावसहित आफूले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित गरिएकोमा असन्तुष्टि प्रकट गरेकी थिइन् ।

प्रधानमन्त्री देउवा र कांग्रेस महामन्त्री गगन थापाले नागरिकता विधेयकबारे पार्टीको दृष्टिकोण प्रष्ट्याएको स्रोतले बतायो । महामन्त्री थापाले राष्ट्रपतिबाट आएका सुझावहरुलाई सकारात्मक रहेको भन्दै नागरिकताको विषयमा अझै धेरै कुरा सम्वोधन गर्न बाँकी रहेको स्वीकारोक्ति व्यक्त गरे । तथापि, अहिलेको विधेयकलाई राष्ट्रियसभाले पारित गरेर पठाएपछि संविधान बमोजिम प्रमाणीकरण गरिदिन कांग्रेस नेताहरुले आग्रह गरेका छन् ।

भेटवार्तामा देउवा र थापाका साथै कांग्रेस उपसभापति धनराज गुरुङ र सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी थिए ।

आजै राष्ट्रपतिले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि छलफल गर्दैछिन् । राष्ट्रपतिको बोलावटमा अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु शीतलनिवास पुगिसकेका हुन् । अहिले भेटवार्ता जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग