भदौ २३, काठमाडौँ | दरबारमार्गमा रहेको नाइट क्लबमा बुधवार मध्यराति झगडा हुँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार प्लाटिनम नाइट क्लबमा बुधवार राती पौन १२ बजेतिर भएको ग्याङ फाइटमा घाईते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
झगडामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झगडाका कारणबारे अनुसन्धान भईरहेको उनले बताए ।