भदौ २८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्।

महानगरले केही समयअगाडि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्।

महानगरले केही समयअगाडि"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको पत्रपछि ८४ लाख राजश्व संकलन, कसले कति कर तिरे (सूचीसहित)

२०७९, २८ भाद्र मंगलवार ०९:१२

भदौ २८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्।

महानगरले केही समयअगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो। तर, हालसम्म ९ वटा संस्थाले मात्रै महानगरलाई कर बुझाएको महानगरको राजश्व विभागले जनाएको छ। 

महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्‍याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रीयसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र  माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन्। ती ९ संस्थाहरुले मात्रै महानगरलाई  ८४ लाख ३४ हजार ३६३ रुपैयाँ राजश्व बुझाएका छन्।

महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेको थियो। महानगरका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो।  महानगरले भदौ १५ देखि २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो।

महानगरपालिकाले काठमाडौं फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो। उक्त पार्कले त्यसको भोलिपल्टै महानगरलाई  १७ लाखभन्दा बढी कर मनोरञ्जन कर बुझाएको थियो।

यस्तै, महानगरले भदौ १९ गते  एक हप्ताभित्र मनोरञ्जन कर तिर्न क्यासिनोहरुलाई पत्राचार गरेको थियो। ती संस्थाहरुले टिकटको ५ प्रतिशत कर महानगरलाई बुझाउनु पर्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी