भदौ २८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्।

महानगरले केही समयअगाडि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्।

महानगरले केही समयअगाडि"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको पत्रपछि ८४ लाख राजश्व संकलन, कसले कति कर तिरे (सूचीसहित)

२८ भाद्र २०७९, मंगलवार ०९:१२

भदौ २८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्।

महानगरले केही समयअगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो। तर, हालसम्म ९ वटा संस्थाले मात्रै महानगरलाई कर बुझाएको महानगरको राजश्व विभागले जनाएको छ। 

महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्‍याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रीयसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र  माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन्। ती ९ संस्थाहरुले मात्रै महानगरलाई  ८४ लाख ३४ हजार ३६३ रुपैयाँ राजश्व बुझाएका छन्।

महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेको थियो। महानगरका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो।  महानगरले भदौ १५ देखि २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो।

महानगरपालिकाले काठमाडौं फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो। उक्त पार्कले त्यसको भोलिपल्टै महानगरलाई  १७ लाखभन्दा बढी कर मनोरञ्जन कर बुझाएको थियो।

यस्तै, महानगरले भदौ १९ गते  एक हप्ताभित्र मनोरञ्जन कर तिर्न क्यासिनोहरुलाई पत्राचार गरेको थियो। ती संस्थाहरुले टिकटको ५ प्रतिशत कर महानगरलाई बुझाउनु पर्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट