२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

समुद्रभित्र भेटियो विशाल जंगल, अमेजनको भन्दा ठूलो क्षेत्रफल

२०७९, ४ आश्विन मंगलवार ०८:५१

असोज ४, काठमाडौँ | एजेन्सी | यी विश्वका सबैभन्दा ठूला र चर्चित जंगल मध्ये एक हुन् । तपाईंले कहिल्यै समुद्र भित्र कुनै जंगलबारे सुन्नुभएको छ ? विश्वका थुप्रै स्थानमा समुद्रभित्र जंगल छन्, जसको हालै नक्सा बनाइएको छ । यी सबै जंगलको आकार हेर्ने हो भने यो भारतको क्षेत्रफलभन्दा दोब्बर हुनेछ ।


ठूल्ठूला जंगल पनि छन् । रुसदेखि क्यानडासम्म फैलिएको बोरियल जंगल । र तपाईंलाई पानीभित्र भएका कति जंगल बारे थाहा छ ? समुद्रभित्र ठूल्ठूला केल्प र समुद्री वीडका जंगल छन् । त्यो पनि पहिला सोचेभन्दा थुप्रै गुणा ठूला र घना । यसभित्र ठूलो परिमाणमा विभिन्न प्रकारका समुद्री जीव–जन्तुका प्रजाति पनि बस्छन् ।

दक्षिण अफ्रिकाको तट मुनी ग्रेट अफ्रिकन सिफरेस्ट र अष्ट्रेलिया नजिकै ग्रेट साउदर्न रिफ अवस्थित छन् । विश्वभरिका समुद्रमा थाहा छैन यस्ता कति जंगल छन् जसको न त कुनै नाम छ न कसैलाई यसबारे केही थाहा छ । एक नयाँ अनुसन्धानमा विश्वभरी कति जंगल छन् भन्ने खुलासा भएको छ । यसको नक्सा पनि बनाइएको छ जुन तपाईंले यहाँ देख्न पनि सक्नुहुनेछ । यो शोध ग्लोबल इकोलोजी एन्ड बायोजियोग्राफी जर्नलमा प्रकाशित भएको छ ।

Hidden Forests Found Deep Beneath The Ocean Cover Twice The Area of India :  ScienceAlert

जमिनको झैँ समुद्रको जंगल पनि नराम्रोसँग जलिरहेका छन्

यो अनुसन्धानमा के पनि बताइएको छ भने उच्च तापक्रमका कारण जमिनका जंगल मात्रै नभई समुद्र भित्रका जंगल पनि जलिरहेका छन् । यदि तपाईंले पानीभित्र पनि केही कुरा कसरी जल्छ भनेर सोचिरहनुभएको छ भने समुद्रमा बढ्दो तापक्रमका कारण यी जंगलको इकोलोजी खराब भइरहेका छन् । जलवायु परिवर्तनका कारण ती विकसित हुने र कार्बन सोस्ने क्षमता कम हुँदै गइरहेको छ ।

के हुन् समुद्री जंगल, कस्ता खालका बोट–बिरुवा हुन्छन् ?

समुद्री जंगल साधारणतया सी विडले बनेका हुन्छन् । यो एक प्रकारको लेऊ हो ।  यो सूर्यको ऊर्जा र कार्बन डाइअक्साइडमार्फत् फोटोसिन्थेसिस गरेर विकसित हुन्छ । राम्रो सी विड हो भने त यो दसौँ मिटर उचाईसम्म फैलन सक्छ । यो जंगल ठूलो इलाकामा फैलिएको हुन्छ । पानीको लहरसँगै यी जंगल बिस्तारै हिँड्दै–डुल्दै गर्छन् । जमिनमा जसरी जंगलमा विभिन्न खालका जनावर बस्छन्, त्यसै गरी समुद्री जंगलमा विभिन्न प्रजाति बस्छन् ।


समुद्री बाँस पनि हुन्छन्, जुन जमिनमा पाइने बाँसजस्तै लामा हुन्छन्

यी समुद्री जंगलमा समुद्री बाँस र समुद्री घाँस पनि पाइन्छन् । समुद्री बाँस जमिनमा पाउने बाँसजस्तै लामा हुन्छन् । जबकी समुद्री घाँस ग्यासले भरिएको आकृति हुन्छन् जुन बेलुन जस्तै हुन्छन् । यी जंगलमा फैलिएर ग्यास, अक्सिजन र कार्बन डाइअक्साइडको सन्तुलन स्थापित गर्छन् । यी असाध्यै बलिया हुन्छन् । यसैकारण यी समुद्री लहर झेलेर सूर्यको किरणतर्फ बढ्न सक्छन् । अष्ट्रेलियाको ग्रेट साउदर्न रिफमा गोल्डेन केल्प व्यापक फैलिएका छन् ।

कति ठूलो छ जंगल र कति तीब्र गतिमा फैलिन्छ

सी विड्स तीब्र गतिमा फैलने र बढ्ने बिरुवा हो । तर अहिलेसम्म यो कति इलाकामा फैलिएको छ भनेर पत्ता लगाउन सकिएको छैन । जमिनमा जंगलको नाप–तौल सेटलाइट्समार्फत् हुन्छ । तर पानीभित्र यो मुश्किल छ । किनभने धेरैजसो सेटलाइट्स समुद्र भित्रको म्यापिङ गर्न सक्दैनन् । त्यसैले यो अनुसन्धानमा वैज्ञानिकले विश्वभरीका समुद्री जंगल, सी विड्स आदिको डाटा अनुसन्धान गरे । रिसर्च पेपर पढे । दस्तावेज हेरे । देशका स्थानीय डाटा अनुसन्धान गरे । त्यसपछि विश्वभरी ६० देखि ७२ लाख वर्ग किलोमिटर समुद्री जंगल छन् भन्ने तथ्य पत्ता लाग्यो । यो अमेजनभन्दा पनि ठूलो हो ।

समुद्री जंगलको काम के हो ?

धर्तीमा पैदा हुने २४०० गिगाटन ग्रीनहाउस ग्यासबाट निस्कने सबै गर्मी हाम्रो समुद्रले सोस्छन् । यस्तोमा समुद्री जंगलले ठूलो समस्याको सामना गर्नुपरिरहेको छ । यी सबै समुद्री जंगल नष्ट भइरहेका छन् । सबैभन्दा खराब स्थिति पश्चिमी अष्ट्रेलिया, पूर्वी क्यानडा र क्यालिफोर्नियाको समुद्री जंगलको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा