१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको नाममा छलफल ?

७ आश्विन २०७९, शुक्रबार १२:०२

असोज ७, काठमाडाैं । राप्रपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा उम्मेदवार चयनलाई अन्तिम चरणमा पु¥याएको छ । तीनवटा क्षेत्रमा एक एकजना उम्मेदवारको नाम टुंगो लगाएको राप्रपाले बाँकी क्षेत्रमा दुई÷तीनजनाको नाममा झारिएको राप्रपा स्रोतले जानकारी दियो । 

उम्मेदवारको घोषणाका बेलासम्म केही नाम परिवर्तन हुने सक्ने सम्भावना भए पनि अहिले टुंगो लगाएकै नामबाट उम्मेदवार घोषणा हुने राप्रपा स्रोतले जानकारी दिए । 

काठमाडौं १ का लागि भुवन लामिछने वा रवीन्द्र मिश्र (मिश्र राप्रपामा आएमा) नाम टुंगो लगाएको  राप्रपाले काठमाडौं २ मा नवराज सिम्खडा र कुन्ती पोख्रेलको नाममध्ये एकजनालाई चयन गर्नेगरी छलफल गरिरहेको छ । 

यसैगरी, काठमाडौं ३ मा अनिल पराजुली र दुर्गा लामा, ४ मा भुवन पाठक र डा.अर्चन शमशेर राणा, ५ मा डा रामप्रसाद उप्रेती, केशव रेग्मी र सुरज पान्डेमध्ये एकजनाको टुंगो लगाउने गरी राप्रपाले छलफल गरिरहेको छ । 

काठमाडौं ६ मा प्राध्यापक विष्णु प्रसाद आचार्य र सन्जय श्रेष्ठ, ७ मा ध्रुव बिक्रम मल्ल र ९ मा देवेन्द्र प्रधान, अमर सिह थापा, जितबहादुर लामामध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा राप्रपाले छलफल गरिरहेको छ । 

यसैगरी हालसम्म काठमाडौं ८ मा प्रकाश रिमाल र  १० मा बलराम थापाको भने टुंगो लगाइसकेको छ । तर, आपसी सहमतिमा घोषणा हुने बेलासम्म उम्मेदवार परिवर्तनको ढोका खुलै राखेको राप्रपा स्रोतले बतायो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट