२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

मर्स्याङ्दीमा खादा प्रयाेगमा राेक, फूलकाे माला प्रयाेगमा जाेड

२०७९, १० आश्विन सोमबार ०२:५७

असोज १०, लमजुङ । लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाकाे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  ३ असाेजमा बसेकाे गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाकाे प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाकाे प्रयाेगमा प्रतिबन्ध लगाईएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयाेगमा छुट दिईने उनले बताए । 

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलकाे प्रयाेग गरि यसकाे बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्राेत्साहन गर्ने निर्णयसमेत गरेकाे छ । 

पालिका अध्यक्ष गुरूङले असाेज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सराेकारवाला सबैमा अपिल गरेका छन् । 

गाउँपालिकाकाे यस्ताे निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाकाे वडा नम्बर ९ स्थित भालमचाैर मृचे नमुना कृषि फार्ममा १० राेपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ राेपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएकाे छ । साे फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएकाे बताए ।


गत वर्षबाट सुरू गरिएकाे फूल खेतिले राम्राे बजार लिएकाे र माग पनि बढेकाे साे फार्मले बताएकाे छ । फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेकाे छ ।

स्थानीय फूल र माला प्रयाेग गरि खादाकाे आयात राेक्न सकेमा स्थानीय पुँजीकाे संचिति हुनुकाे साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएकाे गाउँपालिका अध्यक्ष गुरूङले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु