2026-09-03 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

विश्वभरी छन् २० हजार खर्ब कमिला, कसरी गरियो होला गन्ती ?

एजेन्सी | तपाईंले कहिल्यै कमिलाको जनसंख्याबारे सोच्नुभएको छ ? कति कमिला पृथ्वीमा छन् त ? सायद यसबारे धेरैले सोच्नुभएको थिएन होला । सोच्नुभएको भए पनि अब वैज्ञानिकले धर्तीमा भएका कमिलाको जनसंख्याबारे पत्ता लगाएका छन् । लगभग गन्ती नै गरेका छन् । तर यिनीहरुको संख्या यति धेरै छ कि जिरो गन्दा गन्दै हालत खराब भइदिन्छ । तर अनुसन्धानले कमिलाको जनसंख्या अन्य जनावरको तुलनामा थुप्र्रै हजार वा लाखौँ गुणा बढी छ भन्ने पत्ता लागेको छ ।

Global Warming Is Reducing Insect Populations & Biodiversity – Merxwire

वैज्ञानिकले एउटा अनुसन्धान गरेको छ । जसमा गरिएको गन्तीका अनुसार विश्वभरी २० क्वाड्रिलियन कमिला छन् । सामान्य भाषामा भन्ने हो भने २० हजार खर्ब । संख्या र जिरो हेर्ने हो भने तपाईंहरु आफै गन्ती गर्नुहोस् । धर्तीमा २०,००,००,००,००,००,००,००० कमिला छन् । यी कमिलाले १.२० करोड टन ड्राई कार्बन बनाउँछन् । यति कार्बनले धर्तीमा भएका सबै पंक्षी र स्तनधारी जनावर सबैजना मिलेर पनि बनाउन सक्दैनन् । ड्राई कार्बनको तौल पृथ्वीमा भएका मानिसको तौलको पाँचौ हिस्सा हो ।

धर्तीलाई मानिसले चलाउँछन्, उनीहरुले नै प्रकृतिलाई सन्तुलित बनाउँछन् भनेर सोच्नुहुन्छ भने त्यो भ्रम आजैदेखि त्याग्नुहोस् । निकै वर्ष अघि चर्चित बायोलोजिस्ट एडवर्ड ओ विल्सनले किरा फट्याङ्ग्राको विषयमा कुराकानी गर्दै साना जीवले नै पूरा संसारलाई सञ्चालित गर्छन् भनेका थिए । कमिला प्रकृतिको निकै महत्वपूर्ण हिस्सा हुन् । यिनीहरुले माटोमा हावाको स्तर स्थापित गर्छन् । बिऊलाई यताउती लिएर जान्छन् । अर्गानिक पदार्थलाई तोड्ने काम गर्छ । जीवलाई बस्न लायक वातावरण सिर्जना गर्छ । यसबाहेक फूल चेनको महत्वपूर्ण हिस्सा हो ।

कमिलाका १५,७०० भन्दा बढी प्रजाति

कमिलाको जनसंख्या र यसले निकाल्ने ड्राई कार्बनको मात्राले पृथ्वीमा कति जलवायु परिवर्तन भइरहेको छ भनेर पत्ता लागेको छ । धर्तीमा कमिलाका १५,७०० प्रजाति र उप–प्रजाति छन् । कति त यस्ता प्रजाति पनि छन् जसलाई अहिले कुनै नाम दिइएको छैन । यसको सामाजिक संरचना, आपसी तालमेल, लयबद्ध तरिकाले काम गर्ने शैली र एक–अर्काप्रतिको चिन्ताले धेरै कुरा सिकाउँछ । यसले विश्वभरीको इकोसिस्टमलाई बनाउन र सन्तुलित गर्न मद्दत गर्छ ।

थुप्रै भाषामा लेखिएको अनुसन्धान पढियो

पृथ्वीमा कति कमिला छन् भनेर पत्ता लगाउन धेरै पटक कोसिस गरियो । तर सही तरिका र प्रमाणको अभावमा सही आँकडा पत्ता लगाउन सकिएको थिएन । वैज्ञानिकले गैर–अंग्रेजी साहित्यको पनि अध्ययन गरे । उनीहरुले स्पेनिस, फ्रेन्च, जर्मनी, रुसी, मेन्डेरिन र पोर्चुगाली भाषामा पनि दस्तावेजको अध्ययन गरे । जम्माजम्मी कमिलाको जनसंख्यामा गरिएको ४९८ शोधलाई वैज्ञानिकले पढेर कमिलाको गणना गरे ।

कमिला त विश्वको हरेक स्थानमा छन्, गन्ती गर्न मुश्किल

कमिला कसरी गन्ने त, समस्या यसमा थियो किनभने यो कुनै एक निश्चित स्थानमा त बस्दैन । यी जंगल, मरुभूमि, घाँसे मैदान, गाउँ–शहर जता पनि बस्छन् । यिनीहरुको स्याम्पल जम्मा गर्नु मुश्किल काम थियो । तर ४८९ शोधको अध्ययन गरेपछि गरिएको विश्लेषणपछि कमिलाको जनसंख्या निकाल्न सकिएको हो जुन पछिल्लो अनुसन्धानमा बताइएको जनसंख्याभन्दा २० गुणा बढी हो ।

यो शोध गर्नका लागि विश्वभरीका आधा दर्जन विश्वविद्यालय र वैज्ञानिक संस्थाका वैज्ञानिक एकजुट भए किनभने मानिसको जनसंख्यालाई सही राख्नु छ भने कमिलाको संख्या थाहा पाउन आवश्यक छ । कमिलाको गणनाले धर्तीमा भइरहेको ठूलो जलवायु परिवर्तनबारे पत्ता लगाउन सहज  छ । विश्वभरीका मानिसको व्यवहारका कारण किराको जनसंख्या लगातार कम भइरहेको छ, उनीहरुको बासस्थान मासिँदै छन् ।

– साइन्सअलर्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही