२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला

२०७९, ३० आश्विन आईतवार ११:०१

असोज ३०, काठमाडौँ | दाङको जंगलमा एक जोडी किशोर–किशोरीको शव गाडिएको अवस्थामा भेटिएको छ। 

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटिएको हो।

भेटिएको शव दमारगाउँकै १५ वर्षीया रोशनी महतारा क्षेत्री र दंगिशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

वस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि खोल्डो खोर्सिएर हेर्दा शव देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि फरेन्सिक विज्ञसहितको टोली गएर उत्खनन् गरेर शव निकालिएको डीएसपी मल्लले बताए।

उनीहरु असोज २७ गते हराएको भन्दै असोज २८ गते प्रहीको निवेदन समेत परेको थियो। गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाले हत्याको आशंका गरिएको छ। मृत भेटिएको दुवै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्ययनरत थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन