2026-09-08 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

नेपाली मूलकी परिजिताले जितिन् ‘द भ्वाइस’को ब्याटल राउण्ड

कात्तिक २, काठमाडौं | नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’को ब्याटल राउण्ड जितेकी छन्। कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका द मेरिलाइन्ड अन द बी गीजलाई हराउँदै उनले ब्याटल राउण्ड जितेकी हुन्।

द मेरिलाइन्ड अन द बी गीजमा दुई युवतीले डुअल प्रस्तुति दिएका थिए। उनीहरू तीनै जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिन्। जसमा परिजिताले उत्कृत्ट प्रस्तुति दिएकी छन्। कोच ब्लेक शेल्टनले कोच जोनलाई परिजिताको स्वर सशक्त रहेको बताउँदै उनलाई अगाडि बढाउन सुझाएका थिए।

क्यामिला काबेलोले दुवै टिमको प्रस्तुति सशक्त रहेको बताइन्। उनले परिजिताको सानो उमेरमै राम्रो स्वर रहेको भन्दै तारिफ गरिन्। ग्वेन स्टेफानीले डुअल र एकलको प्रस्तुति राम्रो रहेको बताइन्। उनले परिजिताको प्रस्तुति र व्यक्तित्व मन परेको भन्दै तारिफ गरिन्। त्यस्तै कोच जोनले परिजितालाई छनोट गर्दै भने, ‘परिजिताको आवाज राम्रो छ। उनको जादुमय प्रस्तुति छ। त्यसैले मैले परिजितालाई छनोट गरेँ।’

ब्याटल राउण्ड जितेसँगै उनी नकआउट राउण्डमा प्रवेश गरेकी छन्। परिजिता ब्लाइन्ड अडिसनदेखि नै चर्चामा छिन्। उनले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी थिइन्। गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ