२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

डेढ महिनाअघि ‘डिभोर्स’ गरेको जोडीको पुनः विवाह

७ कार्तिक २०७९, सोमबार ०६:०८

कात्तिक ७, लमजुङ | डेढ महिनाअघि सम्बन्ध विच्छेद गरेको लमजुङमा एउटा जोडीले डेढ महिनापछि पुनः विवाह गर्ने भएका छन् । उनीहरुले जिल्ला अदालत, लमजुङमा कोर्ट म्यारिज गर्न लागेको बताइएको छ ।

श्रीमतीले त्यतिबेला श्रीमानले हेलाँहोचो गरेपछि खान लाउन आपत परेको जस्ता आरोप लगाएकी हुन् । बेसिसहर–११, कार्कीडाँडा माइती भइ दोर्दी–१, अलैंचेका अमृत थापासँग विवाह गरेकी शिला कुतालले कसैको कुरा नसुनेपछि सम्बन्ध विच्छेद भएको थियो । गत भदौ पहिलो साता जिल्ला अदालत लमजुङमा सम्बन्ध विच्छेदको निम्ति परेको उजुरीले भदौ २८ गते कानुनी रूपमा मान्यता पाएको थियो । 


यसअघि जिल्ला न्यायाधीश शिवप्रसाद खनालले मात्र होइन स्रेस्तेदार उदयराज काफ्लेलेसमेत बारम्बार यस्तो राम्रो जोडी नछुट्टिन भन्दै आग्रह गरेका थिए । उनीहरुको बेमेलको बारेमा जिल्ला मेलमिलाप केन्द्रमा पनि पटक पटक छलफल गरिएको थियो । तर, उनीहरुले जसरी पनि छुट्टिने भन्दै अड्डी कसेको बताइन्छ । अदालतमा कैयौंको अनुरोधलाई लत्याएर गरिएको सम्बन्ध विच्छेद डेढ महिना पनि नपुग्दै जोडिन लागेको बताइन्छ । श्रीमतीले आफूमाथि हेलाँ र कुटपिट गरेको जस्ता आरोप लगाए पनि सम्पत्ति केही नलिई छुट्टिएको उक्त जोडीले हिजो दिउँसो अदालतमा पुगेर कोर्ट म्यारिजको लागि निवेदन दिएका छन् ।

गर्भवती अवस्थामा सम्बन्ध विच्छेद नहुने कानुनी व्यवस्था हुँदाहुँदै कसरी ‘डिभोर्स’ भयो भन्नेबारे निमित्त स्रेस्तेदार विश्वराज कुँइकेल आफैं चकित भएका थिए । त्यत्रो बबन्डर मच्चाएर छुट्टिभिन्न भएको जोडी फेरि मिल्छौं भनेर अदालतमा गएपछि नाइँनास्ती गर्न पनि भएन । त्यसैले भोलि कार्यालय खुलेपछि मात्रै विधिवत रूपमा ‘कोर्ट म्यारिज’ गरिने कुँइकेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै विराटनगर किङ्समा अफगानिस्तानका इस्मत आलम अनुबन्ध गण्डकी प्रदेशकी सांसद गौचनको निधन आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन नेपाली यू–१९ महिला क्रिकेट टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल यु १९ महिला टी-२० विश्वकपमा छनोट ‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’ अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस विश्‍वकप छनोटको अन्तिम खेलमा युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दावी चारसय १५ जना सहसचिव र उपसचिव पदपूर्तिका लागि माग डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेलिङ गरे : कुलमान घिसिङ ‘सहकारीको विकल्प छैन, विग्रिएकालाई सुधार गरौं’:- सचिव पोखरेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप