२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवासँग वार्ता गर्न प्रचण्ड बालुवाटारमा, पहिला को प्रधानमन्त्री भन्ने विवादबारे छलफल हुँदै

२०७९, १० पुष आईतवार ०५:४५

पुस १०, काठमाडौँ । प्रधानमन्त्रीमा सहमति जुटाउन नेकपा माओवादी केन्द्रका अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतवारसम्म मात्रै छ। दाबी गर्ने समय सकिन लागेका बेला निर्णायक वार्ताका लागि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि  बालुवाटार पुगेका हुन्।


प्रचण्डको सचिवालयले प्रचण्ड प्रधानमन्त्रीमा देउवाको समर्थन जुटाउन बालुवाटार पुगेको जानकारी दिएको छ।

यसअघि शनिवार साँझा पनि गठबन्धनका नेताहरुबिच प्रधानमन्त्रीबारे छलफल भएको थियो। उक्त छलफलमा प्रचण्ड र देउवाबिच को प्रधानमन्त्री बन्ने भन्नेबारेमा सहमति हुन नसकेपछि बैठक आज सम्मका लागि स्थगित भएको थियो।

आलोपालो प्रधानमन्त्रीका लागि गठबन्धनमा सहमति भए पनि को पहिला प्रधानमन्त्री बन्ने भन्नेबारेमा विवाद रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। देउवाले प्रचण्डलाई पहिला प्रधानमन्त्री बनाउने बारेमा पार्टीमा सल्लाह गर्नुपर्ने बताएपछि गठबन्धनमा सहमति हुन सकेको छैन्।

प्रचण्डले यसअघि गठबन्धनबाट सरकारको नेतृत्व कांग्रेसले गरेकोले अब नयाँ सरकारमा पहिलो पटक आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरिरहेका छन्। गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरुले पनि छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना