१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रचण्ड’ सरकारलाई विश्वासको मत लिन कठिन हुन्छ: कांग्रेस

१२ पुष २०७९, मंगलवार १२:०२

पुस १२, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई विश्वासको मत लिन कठिन हुने दाबी गरेका छन् । कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री प्रचण्डले ७ वटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो ।

मंगलवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वास मत लियो भने प्रचण्ड नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमानसमेत गरे । संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए । 


‘सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरू हेर्ने हो भने सात वटा दल छन् । ७ वटा दलको दाबी त बाहिर आएकै छैन । त्यो दाबी सुन्न पाएकै छैनौँ । भर्खरै सुने, राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही शर्तहरू छन् । ती शर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौँ । उहाँहरूको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरि राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गइहाल्यो । अब उहाँहरूले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरूलाई प्रदेश सरकारप्रति विश्वास छैन । संघीयताप्रति भरोसा नै छैन । यत्रो ८/९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको रवि लामिछानेले भन्नु भएको छ । यसको अर्थ उहाँलाई संघीयताप्रति विश्वास छैन’, नेता विश्वकर्माले भने, ‘राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरु दलहरूपनि त्यस्तै त्यस्तै क्षेत्रीय दलहरू छन् । अब ती सबै दलहरूलाई मिलाएर लिएर जानलाई यसको जिम्मेवारी त फेरि पनि प्रचण्डजीमै जान्छ । प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नु भएन भने यी सबै दलहरू कसरी मिल्लान ? र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ?'

नेता विश्वकर्माले प्रचण्डमा समस्या रहेको पनि बताए । 

‘हिजो त आकस्मिक रुपले गठबन्धन तोड्नु थियो, तोडियो । त्यसमा प्रचण्डजीको महत्वकांक्षालाई सबैले साथ दिएकै हो । आइहाल्यो गरिदिऊ भन्ने कुरा हो । ओलीजीलाई पनि गज्जब भो । जो मान्छे भाँडभैलो मच्चाएर बालकोटबाट निस्केको थियो । त्यो मान्छे खात्र्याकखुत्रुक परेर शरण परेपछि म भए पनि त्यही गर्थे । उहाँले त्यही गर्नु भयो । तर, प्रचण्डजीको बारेमा भने समस्या हुन्छ’, उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह