१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, दुई हप्तामै उपलब्धि हासिल

१४ पुष २०७९, बिहीबार ०६:३२

पुस १४, काठमाडौँ | ‘अवतार : द वे अफ वाटर’ले पहिलो दुई हप्तामा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ ।

वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’ (३१ दिनमा), ‘जुरासिक वल्र्ड डोमिनियन’ले (चार महिना)मा उक्त सफलता हासिल गरे ।

सन् २०१९ मा रिलिज भएका नौ फिल्मले मात्र विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेका थिए ।


सन् २०२१ को ‘स्पाइडरम्यान : नो वे होम’ले १२ दिनमै उक्त आँकडा हासिल गरेको थियो । हलिउड इतिहासमा जम्मा ६ फिल्मले मात्रै रिलिजको पहिलो दुई हप्तामा एक अर्ब डलर कमाइ गरेका छन् ।

१३ वर्षको लामो अन्तरालपछि रिलिज भएको जेम्स क्यामरुनको ‘अवतार २’ले उत्तरअमेरिकामा १३४ मिलियन डलर र विश्वव्यापी रूपमा ४३५ मिलियन डलरसहित मध्य डिसेम्बरमा ओपनिङ गरेको थियो ।

हालसम्म डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सका फिल्मले उत्तरअमेरिकामा ३१७.१ मिलियन र विदेशमा ७१२.७ मिलियन डलर कमाएका छन्, जसको विश्वव्यापी कुल कमाइ १.०२५ बिलियन डलर पुग्छ ।

यस वर्ष दोस्रो धेरै कमाउने फिल्म चाहिं ‘जुरासिक वर्ल्ड डोमिनियन’ बन्यो, जुन कोरोना महामारीपछि तेस्रो धेरै कमाउने फिल्म बन्यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह