2026-06-17 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नर्सलाई करणी गरेकाे अभियाेगमा अस्पतालका सञ्चालक पक्राउ

पुस २१, काठमाडौँ | आन्तरिक तथा आर्थिक किचलोबाट बन्द अवस्थामा पुगेको विराटनगरको एक अस्पतालका सञ्चालक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरको अस्पताल चौकस्थित सञ्जिवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिका सञ्चालक ३३ वर्षीय दिवाकर यादवलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरी आइतबार अदालतमा पेश गरेको हाे। सोही अस्पतालमा कार्यरत २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो यादवले जबरजस्ती करणी र कुटपिट गरेको आरोप रहेको मोरङ प्रहरीले जनाएको छ।
सुरुमा नर्सले जाहेरी दिन नमाने पनि पारिवारिक दवावले भदौ अन्तिम साता प्रहरीसमक्ष बलात्कारको जाहेरी दिएकी थिइन्।


पीडित नर्सले घटना भएको जाहेरीदिएबाट यादव फरार अवस्था रहेका थिए। मोरङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले आइतबार सुनसरीको औरावनीका यादवलाई पक्राउ गरी अदालत पेश गरिएको जानकारी दिए। प्रहरीका अनुसार विराटनगर १० स्थित उमेश गिरीको घरमा बसोबास गर्दै आएकी ती नर्सकाे डेरामा बलात्कार भएको तथ्य खुल्न आएकाे छ।
यता, सुरुमा ती दुवै जना(अस्पताल सञ्चालक यादव र नर्स  ) ‘लिभिङ टुगेदर’मा रहँदै आएको खुलेको छ। घटना भएपछि यादव फरार रहेका थिए। हाल पक्राउ परेका यादवलाई मोरङ जिल्ला अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।
यसक्रममा यादव बिरामी भएको र उनलाई मोरङ सहकारी अस्प्तालमा राखेर उपचार भइरहेको समेत उनले बताए।
सञ्जीवनी अस्पतालमा आन्तरिक किचलोका कारण कार्तिक महिनादेखि बन्द अवस्थामा रहेको थियो। १२ जना सञ्चालक रहेका अस्पतालमा आर्थिक व्यवहारमा सञ्चालकहरूबीच मतभेद सुरु भएपछि यादवले ४ करोड रुपैयाँमा ७० प्रतिशत सेयर खरिद गरेका थिए। हाल अस्पतालले कार्यरत चिकित्सक स्वस्थ्यकर्मी तथा कर्मचारीहरूको करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ