2026-06-16 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

पुस २४, काठमाडौँ | केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो । 


उहाँका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली झिकाइएको हो र सो टोली सोमबारसम्म नेपाल आइपुग्ने भएको छ । सापकोटाले केही दिनअघि समस्या देखिएपछि यसको समाधान खोज्ने काम जारी रहेको र सुरुको तुलनामा केही सुधार भएको पनि जानकारी दिनुभयो । 

नेपालमा विसं २०७८ मङ्सिर १५ गतेदेखि सुरु भएको विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको थियो । त्यसैले यस प्रणालीमा सुधारका लागि पनि सोही टोलीलाई झिकाइएको हो । विभागको ‘सिस्टम’मा समस्या आई राहदानी छपाइ तथा वितरण कार्यमा समस्या देखिएपछि प्रवक्ता तथा निर्देशक सापकोटाले सूचना जारी गर्दै समाधानको पहल भइरहेको जानकारी दिनुभएको थियो । 

उक्त सिस्टम पूर्णरुपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन भनिएको छ । त्यस्तै विभागले अर्को एक सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा ‘अप्वाइन्टमेन्ट’का लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र लाइफ ‘इनरोलमेन्ट’ सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ