११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको नीति तथा कार्यक्रम: विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने

२५ पुष २०७९, सोमबार १६:३३

पुस २५, काठमाडौं | सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान गर्ने विषय समावेश गरेर एकीकृत निर्वाचन ऐ्न बनाउने घोषणा गरेको छ ।

साथै एक वर्षभित्र राष्ट्रिय परिचय पत्र दिने, ६ महिनाभित्र सबै नेपालीका सन्तानलाई नागरिकता दिने र संसदबाट नागरिकता विधेयक पारित गर्ने कुरा समावेश छ । 


त्यस्तै संसदको पहिलो अधिवेशनबाट एक दर्जन कानून निर्माण गर्ने घोषणा न्यूनतम साझा कार्यक्रममा छ । जसमा सार्वजनिक यातायात सेवा ऐन, नागरिकता ऐन जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कानून छन् । संघीय निजामती सेवा ऐन र शिक्षा ऐन पनि प्राथमिकतामा परेको छ । अख्तियारलाई कानून, जनशक्ति, स्रोत र साधनसम्पन्न बनाउने घोषणा छ ।

त्यस्तै सरकारी चिकित्सकको संख्या बढाउने, चिकित्सक तथा नर्सको विद्यमान सेवा सुविधा पुनरावलोकन गर्ने र हप्तामा ४० घण्टा भन्दा बढी काम गरे अतिरिक्त सुविधा दिने पनि घोषणा गरेको छ ।

त्यस्तै अहिले सरकारी सेवा लिन भोग्नुपरेको लाइनको सास्तीबाट मुक्ति दिन अनलाइन प्रणाली अबलम्बन गर्ने भनिएको छ । सरकारी सेवाहरू तोकिएको समयभित्रै दिन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह