११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

२६ पुष २०७९, मंगलवार ११:४९

पुस २६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा २६८ सांसदले मत दिए भने विपक्षमा २ सांसदले मत दिए। राष्ट्रिय जनमोर्चा  र नेपाल मजदुर किसान पार्टीका एक-एक सांसदले विश्वासको मत दिएनन्। 

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रतिनिधिसभाको विश्वासको मत रहेको जेष्ठ सदस्य पशुपति शमशेर राणाले सदनलाई जानकारी दिए।


नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिएका हुन्। त्यस्तै, स्वतन्त्र सांसद अमरेष सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिए।

प्रचण्डलाई बहुमतका लागि १ सय ३८ मत आवश्यक थियो। प्रधानमन्त्रीको दाबी पेस गर्दै उनलाई १६९ सांसदको समर्थन रहेको थियो।

एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिएका हुन्। सात दलको समर्थनमा तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह