११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाली शीर्ष डिभिजनको मेलवर्न भिक्ट्रीमाथि लिगमा १० अंक कारबाही

२६ पुष २०७९, मंगलवार १२:०७

पुस २६, काठमाडौँ | अस्ट्रेलिया फुटबल संघले शीर्ष डिभिजनको लिगमा टिमका समर्थकले मैदानमै प्रवेश गरी आक्रमण गरेको घटनामा मेलवर्न भिक्ट्री क्लबलाई लिगको जारी सिजन १० अंकको कारबाही गरेको छ ।

गएको डिसेम्बरमा शहरी प्रतिस्पर्धी मेलवर्न सिटीसँगको घरेलु खेलमा भिक्ट्रीका समर्थकले पसेर आक्रमण गरेका थिए । अस्ट्रेलिया एफएले सन् २०२५–२६ को सिजनसम्म यस्ता घटना दोहोरिए अंक कटौतीको कारबाही हुने चेतावनीसमेत दिएको छ ।

पहिलो हाफको खेल सन्चालन भइरहेको अवस्थामा भिक्ट्रीका समर्थकहरु मैदान प्रवेश गरी रेफ्री एलेक्स किङ र सिटीका गोलरक्षक टम ग्लोभरलाई मेटलको बाल्टीले प्रहार गर्दा उनीहरुको टाउकोमा चोट लागेको थियो ।


संघले भिक्ट्रीमाथि ४ लाख ५० हजार अस्ट्रेलियन डलर जरीवानासमेत लगाएको छ । समर्थकहरु मैदानमा छिरेको क्षेत्रमा टिकट विक्रीमा पनि भिक्ट्रलाई प्रतिबन्ध लगाइएको छ । साथै यो सिजनको अन्तिमसम्म सम्पूर्ण अवे खेलहरुमा भिक्ट्रीका समर्थकले प्रवेश पाउने छैनन् ।

मेलवर्न भिक्ट्री क्लबलाई १५ जनवरीसम्म घरेलु खेलका लागि टिकट बेच्न पनि प्रतिबन्धित गरिएको छ ।

साथै यो खेल अप्रिलमा खेलाइनेछ । २२औं मिनेट चलिरहँदा आक्रमण भएका कारण सोही समयदेखि खेल सुरु गरिने निर्णय भएको छ । जहाँ मेलवर्न सिटीले १–० को अग्रता कायम राख्नेछ ।

फुटबल अस्ट्रेलियाका मुख्य कार्यकारी अधिकृत जेम्स जोन्सनका अनुसार सन् २००४ मा ए लिग सुरु भएयता कै यो सबैभन्दा खराव लिग खेल थियो ।

‘फुटबलमा मैदान सधैं पवित्र हुनुपर्छ र हाम्रा खेलाडी र खेल अधिकारीको सुरक्षा प्रमुख हुन्छ,’ उनले भनेका छन्, ‘ती व्यक्तिहरु अनधिकृत रुपमा मैदान प्रवेश गरे । मौखिक र शारीरिक रुपमा खेलाडी तथा अफिसियलमाथि हमला गरे । उनीहरुले सबै सीमा पार गरेका थिए ।’

मेलवर्न भिक्ट्रीमाथिको प्रतिबन्धले फुटबलका लागि सुहाउँदो वातावरण बन्न र समुदायमा फुटबलको सकारात्मक माहोल स्थापित गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

मेलवन भिक्ट्रीले सबै प्रतिबन्धको सजायलाई पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । १७ डिसेम्बरमा भएको यो घटनामा संग्लग्न १७ जनालाई अस्ट्रेलियामा कहिल्यै पनि रंगशाला प्रवेश गर्न नपाउने गरी आजीवन प्रतिवन्ध गरिएको छ ।

अस्ट्रेलियाको शीर्ष डिभिजनमा १२ टिमबीच प्रतिस्पर्धा हुन्छ । जारी लिगामा १० खेलबाट २५ अंकसहित मेलवर्न सिरी शीर्ष स्थानमा छ । छिमेकी भिक्ट्री भने समान खेलबाट १० अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । १० अंक घटेपछि उ अंकविहीन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह