११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

२९ पुष २०७९, शुक्रबार ०७:५८

पुस २९, काठमाडौँ । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ । 

कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन चार÷पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताउनुभयो । उहाँका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ । उहाँले भन्नुभयो, “तत्काल छाप्नलाई अभाव छैन र यो सकिँदासम्म अर्काे आइपुग्छ भन्नेछ ।”


अहिले अघि बढाइएको खरिद प्रक्रियाबाट १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागले जनाएको छ । अझै बढी खरिदका लागि थप रकमको पहल भइरहेको सूचना अधिकारी पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उपलब्ध बजेट जतिको कार्ड खरिद गर्न आह्वान भएको छ, अझै थपिएमा बढी कार्ड किन्न सकिन्छ ।”

हालसम्म चालक अनुमतिपत्र छपाइका लागि एउटा मात्रै ‘मास प्रिन्टर’ रहेकामा अर्काे एउटा खरिदका लागि विभागले प्रक्रिया अघि बढाइसकेको छ । दुई ‘मास प्रिन्टर’ ले छाप्दा अहिलेभन्दा दोब्बर छापिने र अहिलेको कार्डले नपुग्नसक्ने उहाँले बताउनुभयो । अहिले झण्डै सात लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा विभागले दुई उपकरणमार्फत त्यो छापिएर सक्ने गरी योजना बनाएको छ ।  

विभागले कार्ड खरिदका लागि सूचना भर्खर प्रकाशित गरेको छ । वर्षभरलाई पुग्ने अनुमान गरिएको भए पनि नवीकरण, नयाँ, प्रतिलिपि सबैका लागि चाहिने हुँदा अझै बढी चाहिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बढी हुँदा खेर जाँदैन, तर नेपालको खरिद प्रक्रिया लामो हुनेहुँदा किन्दा धेरै गर्नसके हुन्थ्यो भन्ने छ ।” 

विगत वर्षहरुमा उपकरणको क्षमता कमीले मात्रै होइन कार्डको अभावका कारण समेत अनुमतिपत्र छपाइ सुस्त रहेको थियो । केही वर्षयता विभिन्न समस्याका कारण सेवाग्राहीले सजिलोरुपमा अनुमतिपत्र पाइरहेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह