२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपले भने- छिट्टै खेलमा फर्किन्छु, समयसँगै सबै कुरा बाहिर आउँछ

२०७९, २९ पुष शुक्रबार ११:४८

पुस २९, काठमाडौं | कारागारबाट धरौटी तिरेर रिहा भएलगतै नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । उच्च अदालत पाटनले  २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै  उनी धराैटी तिरेर तारेखमा रिहा भएका हुन् ।

केन्द्रीय कारागारबाट निस्कने क्रममा उनले पत्रकारहरुसंग कुरा गर्दै छिटै खेलमा फर्किने बताएका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।


उनले भने, ‘ यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन । २० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’

धेरै हल्ला भएपछि सन्दीपले नै एकछिन एकछिन भन्दै हल्ला शान्त पार्ने कोशिस गरेका थिए । ‘म के भनिराखेको छु एकछिन’ भन्दै समर्थकहरुसँग बोल्न खोजे । उनले अदालतको आदेशलाई सम्मान गर्ने बताए । सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने बताए ।

सन्दीपले भने,‘ अघिनै हाम्रो वकिल सरोजदाईले भनेजस्तै अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ । त्यही अनुसार अघि बढ्नेछु । अहिलेको लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन । केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन । र दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से