२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

२०७९, ३० पुष शनिबार ०६:१२

पुस ३०, काठमाडौँ | सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ ।

नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य धेरैथरिका परिकार बनाए खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘कृषि जैविक विविधता दिवस’ मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्तिले समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने र विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत यस वर्षदेखि निरन्तरुपमा माघ १ गते यो दिवस मनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकका सबै जातजातिले यो वा त्योरुपमा मनाउने साझा सांस्कृतिक पर्व माघे सङ्क्रान्ति हो । माघे सङ्क्रान्तिका दिन नेपाली समाजले जेजस्ता कुरा उपभोग गर्छ ती सबै कृषि जैविक विविधतासँग जोडिएका छन् ।

माघे सङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, शखर खण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा मासु, घुँगी, अण्डालगायतका विविध परिकार बनाएर खाने परम्परा छ ।

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन एवं स्वच्छ वातावणको मुख्य आधार भएको जनाउँदै सरकारले बजेट वक्तव्यमार्फत  विसं २०७९ लाई समेत राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

जैविक विविधतामा नेपाल धनी भने पनि पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानव सीर्जितकारणले समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ ।

 रैथाने कृषि जैविक विविधता बाली, खाँसेवाली, पशुपक्षी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्यमध्ये करिब ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा स्थानीय समुदायको अहम् भूमिका एवं जिम्मेवारी रहिआएको छ ।

नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय एवं भौगोलिक विविधातायुक्त मुलुक हो । संसारमा पाँच हजार ५०० को सङ्ख्यामा खान मिल्ने वनस्पति र बोटविरुवा रहेकाले तिनको संरक्षण हुन नसकेका खण्डमा समग्र मानवजातिकै अस्थित्व सङ्कटमा पर्न जाने विज्ञहरु बताउनुहुन्छ । विविधायुक्त खाना खाएका खण्डमा मानिसलाई मात्र होइन प्रकृतिको पनि हित हुनेछ । पर्यावरण संरक्षणमा पनि जैविक विविधताको ठूलो योगदान छ ।

कृषि जैविक विविधताको अभियान भान्साबाट सुरु होस् भन्नाका खातिर खानाको विविधतालाई सांस्कृतिसँग जोडेर माघे सङ्क्रान्तिलाई विविधता दिवसकारुपमा मनाउने निर्णय भएको बाली विकास तथा कृषि जैविक विविधा संरक्षण केन्द्रका  निर्देशक रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “हाम्रा चाडपर्व, रीतिरिवाज र अभ्यास कृषि जैविक विविधताका अभिन्न अङ्ग हुन् । कृषि जैविक विविधता र माघे सङ्क्रान्तिबीच अन्योन्याश्रित सम्बन्ध छ ।” सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवस भोलि माघ १ गतेदेखि विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाउने निर्णय गरेको छ ।

 केन्द्र, प्रदेश र पालिकाबीचको समन्वयमा औपचारिक र अनौपचारिकरुपमा खाद्य परिकार मेला, अन्तक्र्रिया, संरक्षमा योगदान पु-याउनेलाई पुरस्कृत गरी मनाइनेछ । कृषि जैविक विविधताको महत्व, मूल प्रवाहीकरण, संरक्षणका लागि विधि र पद्धतिको विकास गर्नु दिवसको उदेश्य हो ।

सोका लागि प्रचारप्रसार, सामाग्री प्रकाशन र वितरण, महत्व उजागर, उपलब्धिबारे जानकारी र  संरक्षणका लागि प्रेरित गर्ने सचेतनामूलक कार्यक्रम गरिने केन्द्रले जनाएको छ । जैविक स्रोत संरक्षणका लागि वृक्षरोपण, बीउ संरक्षण, सूचीकृत तथा रैथाने परम्परागत प्रविधि र सामाग्री सङ्कलन तथा प्रदर्शनसँग लक्षित कार्यक्रम रहेको छ ।

केन्द्रले रैथान परिकार विविधीकरण र बजारीकरण, साझेदारी र सहकार्य, विद्यालय दिवा खाजा कार्यक्रममा रैथाने परिकार समावेश तथा जैविक विविधता संरक्षणमा संलग्नलाई सम्मान र पुरस्कृतका प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रैथाने जात र स्थान विशेषको लोप हुन लागेका कृषि विविधतालाई जोगाउने काममा पनि केन्द्र समर्पित छ ।

कृषि जैविक विविधता संरक्षणका लागि किसान आयोग, सङ्घ र प्रदेशिक मन्त्रालय मतहतका कार्यालयबाट प्रवद्र्धनात्मक, प्रोत्साहनमूलक तथा विश्वविद्यालयद्वारा अध्यापन, अनुसन्धानको काम हुँदै आएको छ भने गैरसरकारुी सङ्घ संस्थाबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले स्थानीय रैथानेबाली प्रवद्र्धन तथा कृषि जैविक विविधता संरक्षणका लागि सातै प्रदेशका २७ पालिकालाई अनुदान सहयोग पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से