2026-06-17 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान दुर्घटनामा परेकी अन्जु : जो श्रीमान विमान दुर्घटनामा बितेपछि पाइलट पढेकी थिइन्

माघ १, काठमाडौँ | आइतबार पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि देश शोकमा डुबेको छ । चालक दलसहित ७२ जना दुर्घटनामा परेका छन् ।

अहिलेसम्म ६८ जनाको शव फेला परेको छ भने अन्य ४ जनाको अवस्था भने अज्ञात रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् । यस्तै, ५ जनाको सनाखत भइसकेको छ ।


काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान आइतवार बिहान करीब ११ बजे दुर्घटनामा परेको थियो । विमान कमल के.सी. र को–पाइलट अञ्जुले उडाएका थिए । अन्जु २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेका दीपक पोखरेलकी धर्मपत्नी हुन् । को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा उनको निधन भएको थियो। श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्।

 विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी अन्जुले श्रीमानको मृत्युपछि पाइलटको कोर्ससँगै उडान भर्ना थालेकी थिइन् । विमान दुर्घटनामा परेपछि उद्धार भइरहेको अवस्थामा अहिले उनको अवस्था अज्ञात नै छ । अन्जुका एक छोरा र एक छोरी गरी दुई सन्तान रहेका छन् ।

आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् ।

जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।

आज शवहरू संकलनको काम मात्र गरिने र शनाखत भोलि मात्र हुने उनले बताए । पोस्टमार्टम र शनाखतको प्रक्रिया पूरा गरेर आफन्तलाई शव जिम्मा लगाउने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ