११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने

३ माघ २०७९, मंगलवार ०८:१२

माघ ३, काठमाडौँ | नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ । मंगलबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले केही सांसदहरुको फरक मत रहँदारहँदै पनि विश्वासको मत दिने निर्णय गरेको हो ।


दल नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

मुख्यमन्त्री जम्मकट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । कांग्रेसका ३७ सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । ११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दलको बहुमत रहेको छ । विश्वासको मत प्राप्त गर्न जम्मकट्टेललाई ५६ मत भए पुग्छ । बैठक १२:३० बजेका लागि आह्वान भए पनि कांग्रेस संसदीय दलको बैठकको कारण अझै बस्न सकेको छैन ।

कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह