११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमावर्ती बजारमा भारु भन्दा नेपाली रुपैयाँ बलियो

६ माघ २०७९, शुक्रबार ०८:१६

माघ ६, काठमाडौँ | केही सातायता वीरगन्ज र यसको सीमावर्ती भारतीय सहर रक्सौलमा भारुको अवमूल्यन भएको छ भने नेपाली रुपैयाँ आश्चर्यजनक रुपमा बलियो बनेको छ । विगतमा वीरगन्जमा भारु हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले भारु हात पर्दा नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो– भारुको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु ।


हाल वीरगन्ज र रक्सौलमा १ सय रुपैयाँ भारुको मूल्य १ सय ५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । पुसभन्दा अघि रक्सौलका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारुका लागि १६५ नेपाली रुपैयाँसम्म लिन्थे ।

तर, पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा रक्सौल बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा यो ‘बट्टा’ दर घटेर १ सय ६० रुपैयाँमा झर्‍यो । माघ लागेपछि आश्चर्यजनक रुपमा रक्सौल बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् रक्सौलमा सुरुमा नेपाली १ सय ५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अब नेपाली १ सय ५५ रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।

२०७२ सालको भूकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दीको बेला रक्सौल बजारको व्यापार ठप्प भएको स्थितिमा रक्सौलका व्यापारीले यसरी नेपाली रुपैयाँलाई भारुभन्दा बढी मूल्य दिएको सम्झिन्छन् रक्सौलका पत्रकार दीपक अग्नीरथ । ‘त्यसो त रक्सौलमा नेपाली मुद्राको बट्टा लिन थालेको २५ देखि ३० वर्ष भयो होला,’ अग्नीरथ भन्छन्, ‘तर २०७२ को मधेस आन्दोलनपछि पहिलोपटक नेपाली मुद्राको मान्यता बढेको जस्तो मलाई लाग्छ, त्यति बेला उद्देश्य अर्कै थियो, अहिले अवस्था फरक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह