2026-06-17 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमावर्ती बजारमा भारु भन्दा नेपाली रुपैयाँ बलियो

माघ ६, काठमाडौँ | केही सातायता वीरगन्ज र यसको सीमावर्ती भारतीय सहर रक्सौलमा भारुको अवमूल्यन भएको छ भने नेपाली रुपैयाँ आश्चर्यजनक रुपमा बलियो बनेको छ । विगतमा वीरगन्जमा भारु हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले भारु हात पर्दा नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो– भारुको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु ।


हाल वीरगन्ज र रक्सौलमा १ सय रुपैयाँ भारुको मूल्य १ सय ५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । पुसभन्दा अघि रक्सौलका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारुका लागि १६५ नेपाली रुपैयाँसम्म लिन्थे ।

तर, पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा रक्सौल बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा यो ‘बट्टा’ दर घटेर १ सय ६० रुपैयाँमा झर्‍यो । माघ लागेपछि आश्चर्यजनक रुपमा रक्सौल बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् रक्सौलमा सुरुमा नेपाली १ सय ५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अब नेपाली १ सय ५५ रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।

२०७२ सालको भूकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दीको बेला रक्सौल बजारको व्यापार ठप्प भएको स्थितिमा रक्सौलका व्यापारीले यसरी नेपाली रुपैयाँलाई भारुभन्दा बढी मूल्य दिएको सम्झिन्छन् रक्सौलका पत्रकार दीपक अग्नीरथ । ‘त्यसो त रक्सौलमा नेपाली मुद्राको बट्टा लिन थालेको २५ देखि ३० वर्ष भयो होला,’ अग्नीरथ भन्छन्, ‘तर २०७२ को मधेस आन्दोलनपछि पहिलोपटक नेपाली मुद्राको मान्यता बढेको जस्तो मलाई लाग्छ, त्यति बेला उद्देश्य अर्कै थियो, अहिले अवस्था फरक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ