११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन उद्योग मन्त्रालय नै लिन चाहन्छ जनमत ?

८ माघ २०७९, आईतवार ०६:४०

माघ ८, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाउँदा सो पार्टीबाट मन्त्री बनेका अब्दुल खानले हालसम्म पदभार ग्रहण गरेका छैनन् । मन्त्रीहरुको कार्यविभाजनअनुसार खानको भागमा खानेपानी मन्त्रालय परेसँगै असन्तुष्ट बन्दै उनी पदभार गर्नका लागि सिंहदरबारमा नगएका हुन् । 

बरु उद्योग मन्त्रालय नपाए अध्यक्ष सीके राउतले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । यसबारेमा प्रधानमन्त्री प्रचण्डबाट आइतबारसम्मको समय पाएका राउत सरकारात्मक जवाफको प्रतीक्षामा रहेका छन् । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफूहरुको पहिलो रोजाई उद्योग मन्त्रालय नै भएको बताए ।  त्यसका लागि पहल भइरहेको जानकारी दिँदै साहले त्यो भएन भने अन्य विकल्पमा छलफल हुने बताए ।


जनमत पार्टीले उद्योग मन्त्रालय नपाउने हो भने खानेपानी मन्त्रालयसँगै वन तथा वातावरण मन्त्रालय पनि पाउनुपर्ने माग गरेको छ ।  यसबारे राउतले प्रधानमन्त्रीसँग निरन्तर छलफल गर्दा आज आइतबारसम्ममा टुग्यांउने आश्वासन दिएका हुन् । साहका अनुसार सरकारमा जाने विषयमा माआवादी केन्द्र र एमालेसँग कुरा हुँदा उद्योग मन्त्रालय दिने सहमति भएको थियो । उनले भने, ‘हामीले उद्योग र कृषि मन्त्रालय गरी दुईटा मन्त्रालय माग गरेका थियौँ । तर भागबण्डामा एउटा मन्त्रालय मात्र परेपछि उद्योग मन्त्रलायमा सहमति भएको थियो । अहिले त्यो मन्त्रालयको सट्टा खानेपानी मन्त्रालय दिएपछि हामीले त्यसलाई अस्वीकार गरेका हौं ।’

उद्योग मन्त्रालय दिने सहमति भएसँगै जनमतले मन्त्रालय कसरी चलाउने भन्नेबारे खाका बनाउने तयारीमा जुटिसकेको थियो । विज्ञको रुपमा कसलाई राख्ने, विभागीय प्रमुखहरु कहाँ कसलाई राख्ने जस्ता कुरामा पनि सो पार्टीले गृहकार्य सुरु गरिसकेको थियो । 

यहाँसम्म कि पार्टीका नेताहरुले विज्ञलाई समेत सहभागी गराएर हाल सञ्चालनमा रहेकाका साथै बन्द अवस्थामा रहेका उद्योगहरुकोसमेत अनुगमन सुरु गरिसकेका थिए । तयारी अघि बढिसकेको अवस्थामा मन्त्रालय नपाएपछि सो पार्टी आक्रोशित बनेको बताइएको छ । 

‘चुनावको समयमा जनतासामू विभिन्न प्रतिवद्धताहरु जनाएका थियौँ । जुन सरकारमा गएपछि पूरा गर्ने खालका हुन्’, उपाध्यक्ष साहले भने, ‘ सोही कारणले कृषि र उद्योग मन्त्रालय माग गरेका हौँ ।  तीमध्ये कुनै पनि मन्त्रालय नपाएपछि सत्ताधारीबाट धोका भएको ठानेका छौँ ।’ उद्योग मन्त्रालय सम्हालेर बन्द रहेको उद्योग सञ्चालन गर्ने र लाखौँ युवालाई रोजगार दिने जनमतको तयारी रहेको उनले खुलाए ।

उद्योग मन्त्रालय पाए पहिलो चरणमा बन्द रहेका विभिन्न उद्योग सञ्चालन गर्ने जनमतको योजना छ ।  त्यसका लागि हरेक कोणबाट अध्ययन गरिसकेको भएपनि अहिले नपाउँदा योजना भताभुंग भएको साहले गुनासो गरे । 

विराटनगर जुट मिल ६ महिनाभित्र, चुरोट कारखाना र वीरगञ्ज चिनी कारखाना एक वर्षभित्र सञ्चालन गर्ने योजना जनमतले बनाएको बताइन्छ । यी उद्योगका लागि कच्चा पदार्थ पहिलो वर्ष भारतबाट ल्याउने र त्यसपछि नेपालमै उत्पादन गर्ने योजना जनमत पार्टी रहेको उपाध्यक्ष साहले बताए । कच्चा पदार्थ उत्पादनका लागि किसानलाई जोड्ने पनि योजना थियो । यी सबै सञ्चालनमा आएपछि २–३ लाख युवालाई रोजगारी दिने खाका बनाएको उनको भनाइ छ । 

जनमतले चुनावको समयमा १० लाख युवालाई रोजगारी दिलाउने प्रतिवद्धता जनाएको थियो । यस्तै उद्योगहरु सञ्चालनमा ल्याएर कम्तीमा ३५ वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी पनि जनमतको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता