2026-10-20 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल

काठमाडौँ | नेकपा (एमाले) की सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोचअनुसार नभएको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी हुन् ।

‘जनताले सोचेका थिए, अब शासन शैली फेरिनेछ, राज्यको सोच फेरिनेछ, प्राथमिकता फेरिनेछ,’, अर्यालले भनिन्,‘ तर यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छैन, दृष्टि छैनन् । घोषणा छन्, दिशानिर्देश छैन । नारा छन्, कार्यान्वयनको आधार छैन ।’

एमाले संसदीय दलको उपनेता समेत रहेकी नेतृ अर्यालले नीति हो कि कार्यक्रम भन्ने नछुट्टिएको दाबी गरिन् । ‘नीति के हो ? कार्यक्रम के हो ? त्यो पनि स्पष्ट छुट्ट्याउन गाह्रो छ । यो सरकारको मात्रै होइन, राष्ट्रको साझा दस्ताबेज हो’, अर्यालले भनिन्, ‘यसको उत्कृष्टता हामी सबैको चाहना हो । त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, राष्ट्रप्रतिको जिम्मेवारी हो ।’उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प भए पनि उक्त शब्द कार्यक्रममा नसमेटिएको भन्दै जनता सुखी र खुसी नभई समाजवादमा कसरी पुग्न सकिएला भन्दै सरकारलाई प्रश्न गरिन् ।

‘विगतका सरकारका सकारात्मक प्रयत्नहरूलाई निरन्तरता दिनुको सट्टा अवमूल्यन गर्ने प्रवृत्ति देखियो । हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो’, उनले भनिन्, ‘जसका कारण कतिपय शब्दहरू अनर्थ लाग्ने पनि भेटियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ