2026-09-29 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल

काठमाडौँ | नेकपा (एमाले) की सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोचअनुसार नभएको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी हुन् ।

‘जनताले सोचेका थिए, अब शासन शैली फेरिनेछ, राज्यको सोच फेरिनेछ, प्राथमिकता फेरिनेछ,’, अर्यालले भनिन्,‘ तर यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छैन, दृष्टि छैनन् । घोषणा छन्, दिशानिर्देश छैन । नारा छन्, कार्यान्वयनको आधार छैन ।’

एमाले संसदीय दलको उपनेता समेत रहेकी नेतृ अर्यालले नीति हो कि कार्यक्रम भन्ने नछुट्टिएको दाबी गरिन् । ‘नीति के हो ? कार्यक्रम के हो ? त्यो पनि स्पष्ट छुट्ट्याउन गाह्रो छ । यो सरकारको मात्रै होइन, राष्ट्रको साझा दस्ताबेज हो’, अर्यालले भनिन्, ‘यसको उत्कृष्टता हामी सबैको चाहना हो । त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, राष्ट्रप्रतिको जिम्मेवारी हो ।’उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प भए पनि उक्त शब्द कार्यक्रममा नसमेटिएको भन्दै जनता सुखी र खुसी नभई समाजवादमा कसरी पुग्न सकिएला भन्दै सरकारलाई प्रश्न गरिन् ।

‘विगतका सरकारका सकारात्मक प्रयत्नहरूलाई निरन्तरता दिनुको सट्टा अवमूल्यन गर्ने प्रवृत्ति देखियो । हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो’, उनले भनिन्, ‘जसका कारण कतिपय शब्दहरू अनर्थ लाग्ने पनि भेटियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री