११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

८ माघ २०७९, आईतवार ११:२१

माघ ८, सुर्खेत | भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।

हाल वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ७४ रुपैयाँ ७२ पैसा (नेरु) र डिजेलको प्रति लिटर मूल्य १ सय ५३ रुपैयाँ ३९ पैसा (नेरु) रहेको छ । यता वीरगन्जमा पेट्रोल प्रति लिटर १ सय ७५ रुपैयाँ ७५ पैसा र डिजेल प्रति लिटर १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । २०२२ मार्च महिनाको चौथो सातामा भारतमा इन्धनको मूल्य बढेपछि नेपालभन्दा भारतमा डिजेल करिब २० रुपैयाँ महगो भएको हो । हाल दुवै मुलुकमा पेट्रोलको मूल्यमा करिब १ रुपैयाँ मात्र अन्तर छ । भारतभन्दा नेपालमा पेट्रोल करिब १ रुपैयाँ महगो छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ अर्ब ६५ करोड ९५ लाख १८ हजार रुपैयाँँ बराबरको ४ लाख ९ हजार ५ सय ४६ किलो लिटर डिजेल आयात भएको छ । जवकि गत आर्थिक वर्षको यसै अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख ३५ हजार रुपैयाँँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलो लिटर डिजेल आयात भएको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा यो नाका हुदै १९ अर्ब ३१ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार ६ सय ३९ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब १२ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

मुलुकमा वर्षेनि मोटर साइकल, जिप, कार, भ्यान तथा बस-ट्रक जस्ता सवारी साधनको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा अचानक इन्धनको आयात घट्नुले भारततर्फ हुने तस्करी घटेको बताइन्छ । वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ भने पेट्रोल ट्यांकरबाट आयात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता