२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

२०७९, ८ माघ आईतवार ११:२१

माघ ८, सुर्खेत | भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।

हाल वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ७४ रुपैयाँ ७२ पैसा (नेरु) र डिजेलको प्रति लिटर मूल्य १ सय ५३ रुपैयाँ ३९ पैसा (नेरु) रहेको छ । यता वीरगन्जमा पेट्रोल प्रति लिटर १ सय ७५ रुपैयाँ ७५ पैसा र डिजेल प्रति लिटर १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । २०२२ मार्च महिनाको चौथो सातामा भारतमा इन्धनको मूल्य बढेपछि नेपालभन्दा भारतमा डिजेल करिब २० रुपैयाँ महगो भएको हो । हाल दुवै मुलुकमा पेट्रोलको मूल्यमा करिब १ रुपैयाँ मात्र अन्तर छ । भारतभन्दा नेपालमा पेट्रोल करिब १ रुपैयाँ महगो छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ अर्ब ६५ करोड ९५ लाख १८ हजार रुपैयाँँ बराबरको ४ लाख ९ हजार ५ सय ४६ किलो लिटर डिजेल आयात भएको छ । जवकि गत आर्थिक वर्षको यसै अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख ३५ हजार रुपैयाँँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलो लिटर डिजेल आयात भएको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा यो नाका हुदै १९ अर्ब ३१ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार ६ सय ३९ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब १२ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

मुलुकमा वर्षेनि मोटर साइकल, जिप, कार, भ्यान तथा बस-ट्रक जस्ता सवारी साधनको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा अचानक इन्धनको आयात घट्नुले भारततर्फ हुने तस्करी घटेको बताइन्छ । वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ भने पेट्रोल ट्यांकरबाट आयात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल