११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय योजना आयोगमा को-को हुँदैछन् उपाध्यक्ष र सदस्य ?

९ माघ २०७९, सोमबार ०६:३५

माघ ९, काठमाडौँ | राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मिनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने तयारी भएको छ । माओवादीनिकट मानिने श्रेष्ठ यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारमा योजना आयोगको उपाध्यक्ष थिए ।

मन्त्रिपरिषदको अबको बैठकबाट योजना आयोगमा उपाध्यक्ष र सदस्यहरूको नियुक्ति हुने तयारी छ । माओवादी कोटाबाट थप एक सदस्यमा रामकुमार फुयालको नाम तय भएको छ । उनी यसअघि पनि योजना आयोगको सदस्य थिए ।

एमालेबाट पुन:निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवाली र योजना आयोगका पूर्वसदस्य कृष्णप्रसाद ओलीको नाम प्रधानमन्त्रीलाई दिइएको बताइएको छ । ज्ञवालीले भने उपाध्यक्ष नपाए सदस्य नबन्ने बताए पनि पार्टीले उनलाई योजना आयोगमा पठाउन लागेको स्रोतले जनाएको छ ।

एकजना महिला सदस्य एमाले वा सत्तागठबन्धनका अन्य दलबाट पठाइने बताइएको छ । राप्रपा र रास्वपाले समेत योजना आयोगमा प्रतिनिधित्व मागेका छन् । राप्रपामा केही पूर्वसचिवहरू आबद्ध रहेकाले उनीहरू यही मौकामा योजना आयोगलगायत राजनीतिक र संवैधानिक नियुक्तिमा जान खोजिरहेका छन् ।

बढीमा ७ जनाको योजना आयोगलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै