३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुसाइड नाेट लेखेर अर्का व्यवसायीले गरे आत्महत्या

१२ माघ २०७९, बिहीबार ०५:२९

माघ १२, काठमाडौँ । विराटनगरमा एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्।

विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, माेरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपककुमार श्रेष्ठले बताए।

माेरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पन्नाको सुसाइड नाेट भेटिएको छ। जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नु परेको उल्लेख छ। सुसाइड नाेटअनुसार न्याैपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नाेटमा उल्लेख छ। त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेकाे छ। शिखर इलेक्ट्रिक बुबाको नाममा रहेकाे छ। न्याैपानेले नाेटमार्फत् बैंकले रोक्का गर्न सक्ने आशंका गर्दै बुवाको नामको मुद्धति खातामा रहेको रकम निकालेर अन्यत्र राख्न सुझाव दिएका छन्।

मोरङ व्यापार संघका कार्यकारिणी सदस्य तथा विद्युतीय सामग्रीका व्यवसायी गोपाल अग्रवालले आर्थिक क्षेत्रमा देखिएको संकटले व्यवसायीमाथि दवाव र तनाव दुवै बढ्दै गएको बताए। पोखरियास्थित उनको छिमेकी तथा नेपाली कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले आर्थिक भारले व्यवसायी उच्च तनाव रहँदा समस्या देखिएको बताउँछन्।

उनले भने, ‘हिजो काठमाडौँमा इलामका व्यवसायीले आगो लगाएर मृत्युवरण गरे। आज विराटनगरमा अर्का व्यवसायीले झुण्डिनु परेको अवस्था छ। यो सरकार, जनताको अभिभावक कहाँ छ? लिएको ऋणका कारण आज एकपछि अर्कोले ज्यान गुमाउनु परेको छ। अब सरकारले यसबारे समाधान निकाल्न जरुरी भइसकेको छ। सरकार निरीह भएर बस्नुको औचित्य छैन।’

न्याैपानेकाे काेठामा भेटिएकाे सुसाइड नाेट:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै आजको मौसमः देशका अधिकांश भूभागको मौसम सफा रहने राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ?