फागुन २, काठमाडौँ | भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अनुबन्धित भएका छन् । पठानको ब्लकबस्टर सफलतापछि सबैको नजर शाहरुख खानको आगामी फिल्म जवानमा छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म जवान का निर्माताहरूले अल्लुलाई क्यामियो भूमिकामा लागि सम्पर्क गरेका छन्, यदि उनले फिल्म खेल्न मानेको खण्डमा अल्लु फिल्म ‘जवान’ बाट बलिउडमा डेब्यू गर्नेछन्। यति मात्र होइन, फिल्ममा उनको क्यामियो निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ ।
यसको आधिकारिक घोषणा भइनसकेको भएपछि अल्लुलाई एक विशेष डान्स गीतका लागि प्रस्ताव गरिएको छ । यसबारे अल्लु सकारात्मक रहेको जनाइएको छ । यो खबरपछि शाहरुख र अल्लुलाई एकसाथ पर्दा हेर्न दर्शकहरु उत्साहित भएका छन् ।
रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको जवानमा सान्या मल्होत्रा र सुनिल ग्रोबरको पनि अभिनय रहनेछ । फिल्म आगामी २ जुनमा पाँच भाषामा रिलिज गर्ने तयारी छ । यो शाहरुखको पहिलो दक्षिण भारतीय फिल्म समेत हुनेछ ।
तेलुगू सुपरस्टार अल्लु अर्जुन भने आफ्नो ब्लकबस्टर फिल्म ‘पुष्पा’को दोस्रो शृंखलाको छायांकनमा व्यस्त छन् ।