घट्टेखोलास्थित सडक छेउको भित्तामा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... घट्टेखोलास्थित सडक छेउको भित्तामा रह"/>
११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

२ फाल्गुन २०७९, मंगलवार ०७:२६

फागुन २, काठमाडौँ | ग्रामीण सडक खन्न लाग्दा  भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले   अवलोकन गर्न आउनेको घुइँचोे छ । 

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो । गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिए पछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा जाने गरेका छन् । वडानं ८ गहतेका हिराबहादुर तामाङ छोराले सामाजिक सञ्जालमा गुफाका बारेमा राखेको थाहा पाएर हेर्न आएको बताउनुभयो । 


वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिनुभयो । “धेरै पटक भित्र गएर हेरेको छु”, उहाँले भन्नुभयो, “त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ ।” सो ठाउँको जग्गाधनीसमेत रहनुभएका  वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गासमेत फेला पारेको बताउनुभयो । “करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि करिब एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो”, उहाँले भन्नुभयो, “सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा  पछि हेर्न आउनेहरुले त्यो ढुङ्गा लिएर गएको बताइएकोे छ ।” भित्र मिलेर बस्दा आठ÷दसजना अटाउने  ठाउँ रहेको लामाले बताउनुभयो ।

वडा नं ९ का हरेराम श्रेष्ठले त्यहाँ भएका कलात्मक वस्तु हेर्न आउनेहरुले केही मूर्ति घरमा लगेर पूजा गरेको भन्ने कुरा पनि सुन्नमा आएकाले त्यसको संरक्षणका लागि आफूहरु जुटेको जानकारी दिनुभयो । गुफाभित्रे टल्किरहेको आकृतिमा धूप बत्ती बालेर पूजा गर्नेको भीड बढेको छ तर  त्यसले प्राकृतिक सुन्दरमा असर पार्ने भएकाले त्यसो नगर्न र  संरक्षणमा सबै लाग्न आवश्यक रहेको सोही ठाउँका पुष्पराज श्रेष्ठले बताउनुभयो ।

स्थानीय बासिन्दा ज्ञानबहादुर लामाले सो ठाउँ वडा नं ९ र १० को सिमानामा रहेको हुनाले संरक्षण र प्रवद्र्धनका लागि दुवै वडा मिलेर आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो। त्यसका लागि संरक्षण समिति बनाउन आफूहरु लागिरहेको उहाँले बताउनुभयो । बुद्धपार्क संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका लामाले दाप्चाको सो भेगलाई नै समेटेर पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न सबैको साथ र सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित