२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नामिबियालाई २ विकेटले हराउँदै नेपालको सानदार जित

२०७९, २ फाल्गुन मंगलवार ११:२४

फागुन २, काठमाडौँ | क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै सानदार सुरुवात गरेको हो।


टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो। नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले भुर्तेलको शतकीय पारिको सहायतामा ४७.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्काको सहायतामा ११५ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ७२ रन बनाउँदा सुन्दिप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ तथा करण केसीले अविजित २० रन बनाए। रोहित र कुशलले नामिबियाविरुद्धको खेलमा १३३ रनको साझेदारी गरे। यो नेपाली क्रिकेट टोलीकोतर्फबाट एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो।

एकदिवसीय क्रिकेटमा नामिबियामाथि नेपालको यो पहिलो जित हो। यसअघि नेपालले नामिबियासँग ४ खेल खेलेकोमा कुनै पनि खेलमा जित निकाल्न सकेको थिएन। जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा कायम छ। नेपालले अर्को खेलमा शुक्रवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी