१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नामिबियालाई २ विकेटले हराउँदै नेपालको सानदार जित

२ फाल्गुन २०७९, मंगलवार ११:२४

फागुन २, काठमाडौँ | क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै सानदार सुरुवात गरेको हो।


टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो। नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले भुर्तेलको शतकीय पारिको सहायतामा ४७.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्काको सहायतामा ११५ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ७२ रन बनाउँदा सुन्दिप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ तथा करण केसीले अविजित २० रन बनाए। रोहित र कुशलले नामिबियाविरुद्धको खेलमा १३३ रनको साझेदारी गरे। यो नेपाली क्रिकेट टोलीकोतर्फबाट एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो।

एकदिवसीय क्रिकेटमा नामिबियामाथि नेपालको यो पहिलो जित हो। यसअघि नेपालले नामिबियासँग ४ खेल खेलेकोमा कुनै पनि खेलमा जित निकाल्न सकेको थिएन। जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा कायम छ। नेपालले अर्को खेलमा शुक्रवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक