२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालाजु घटनाबारे कांग्रेसको प्रश्न– काठमाडौंको मुटुमै यस्तो हुँदा देशभर कस्तो सन्देश जान्छ ?

२०७९, ३ फाल्गुन बुधबार ०६:०२

फागुन ३, काठमाडौँ | नेपाली कांग्रेसले सोमवार काठमाडौंको बालाजु क्षेत्रमा भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । 

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले राजधानीको मुटुमा दिनदहाडै लुटपाट मच्चिएको घटनाले गम्भीर बनाएको बताएका हुन् । 

‘काठमाडौंको बालाजु क्षेत्रमा दिनदहाडै व्यापारिक मलमा लुटपाट मच्चिन्छ । सरकारले शान्ति सुरक्षाको कुनै प्रत्याभूति दिन सकेन । मजदूरका समस्या समाधान हुनुपर्दछ र न्यायोचित रूपमा कानून र नियमानुसार काम गर्न पाउनु पर्दछ । हामी त्यसको पक्षमा छौं । तर, मजदूरको नाममा को प्रवेश गरेका छन्, कसले प्रोत्साहित गरेका छन् ? कुनै कारबाही अगाडि बढ्दैन । यसले हामी सबैलाई गम्भीर बनाएको छ,’ महतले भने, ‘काठमाडौंको मुटुमा शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन भने यसले देशव्यापी रूपमा कस्तो सन्देश जान्छ ?’ 

महतले बालाजु घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।

‘घटना घटाउने मजदूरको नाममा गैरमजदूर हुन् कि उच्छृङ्खल शक्ति हो कि ? यथार्थ छानबिन गरेर निष्पक्ष न्याय निरूपण गर्नेगरी काम होस्,’ महतले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी