१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालाजु घटनाबारे कांग्रेसको प्रश्न– काठमाडौंको मुटुमै यस्तो हुँदा देशभर कस्तो सन्देश जान्छ ?

३ फाल्गुन २०७९, बुधबार ०६:०२

फागुन ३, काठमाडौँ | नेपाली कांग्रेसले सोमवार काठमाडौंको बालाजु क्षेत्रमा भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । 

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले राजधानीको मुटुमा दिनदहाडै लुटपाट मच्चिएको घटनाले गम्भीर बनाएको बताएका हुन् । 

‘काठमाडौंको बालाजु क्षेत्रमा दिनदहाडै व्यापारिक मलमा लुटपाट मच्चिन्छ । सरकारले शान्ति सुरक्षाको कुनै प्रत्याभूति दिन सकेन । मजदूरका समस्या समाधान हुनुपर्दछ र न्यायोचित रूपमा कानून र नियमानुसार काम गर्न पाउनु पर्दछ । हामी त्यसको पक्षमा छौं । तर, मजदूरको नाममा को प्रवेश गरेका छन्, कसले प्रोत्साहित गरेका छन् ? कुनै कारबाही अगाडि बढ्दैन । यसले हामी सबैलाई गम्भीर बनाएको छ,’ महतले भने, ‘काठमाडौंको मुटुमा शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन भने यसले देशव्यापी रूपमा कस्तो सन्देश जान्छ ?’ 

महतले बालाजु घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।

‘घटना घटाउने मजदूरको नाममा गैरमजदूर हुन् कि उच्छृङ्खल शक्ति हो कि ? यथार्थ छानबिन गरेर निष्पक्ष न्याय निरूपण गर्नेगरी काम होस्,’ महतले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक