१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाकी सांसद श्रेष्ठको प्रश्न:- बलात्कार आरोपीलाई किन राष्ट्रको प्रतिनिधित्व बन्न दिने ?

३ फाल्गुन २०७९, बुधबार ०६:४४

फागुन ३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरिएकोप्रति संसद्मा प्रश्न उठाएकी छन्। श्रेष्ठले यति ठूलो मुद्दाका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाएर क्रिकेट खेल्न दिनु दुर्भाग्य भएको बताएँदै ‘ एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व बनाउन हाम्रो नैतिकताले कसरी दियो ?’ भनी प्रश्न गरिन् । 


उनले भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिले छिनोफानो गर्छाैँ ?, यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो,’ थप प्रश्न गर्दै उनले भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ ।’ 

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा कायमै रहेको छ । तर गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेकोप्रति महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा फैसला बदर गरी अभियुक्तलाई पक्राउ गरेरै मुद्दालाई अगाडि बढाउन निवेदन दिएको छ । सो विषयमा सर्वोच्च अदालतले धरौटी रिहाको फैसलाको पूर्ण कागजात झिकाएको छ । यसमा सुनुवाइ हुन बाँकी छ ।  सन्दीप भने फागुन २ गतेदेखि काठमाडौंमा शुरु भएको त्रिदेशीय विश्वकप लिग–२ प्रतियोगितामा सहभागी भएका छन् । उनको निलम्बन नेपाल क्रिकेट संघ क्यानले फुकुवा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक