2026-06-17 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाकी सांसद श्रेष्ठको प्रश्न:- बलात्कार आरोपीलाई किन राष्ट्रको प्रतिनिधित्व बन्न दिने ?

फागुन ३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरिएकोप्रति संसद्मा प्रश्न उठाएकी छन्। श्रेष्ठले यति ठूलो मुद्दाका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाएर क्रिकेट खेल्न दिनु दुर्भाग्य भएको बताएँदै ‘ एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व बनाउन हाम्रो नैतिकताले कसरी दियो ?’ भनी प्रश्न गरिन् । 


उनले भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिले छिनोफानो गर्छाैँ ?, यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो,’ थप प्रश्न गर्दै उनले भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ ।’ 

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा कायमै रहेको छ । तर गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेकोप्रति महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा फैसला बदर गरी अभियुक्तलाई पक्राउ गरेरै मुद्दालाई अगाडि बढाउन निवेदन दिएको छ । सो विषयमा सर्वोच्च अदालतले धरौटी रिहाको फैसलाको पूर्ण कागजात झिकाएको छ । यसमा सुनुवाइ हुन बाँकी छ ।  सन्दीप भने फागुन २ गतेदेखि काठमाडौंमा शुरु भएको त्रिदेशीय विश्वकप लिग–२ प्रतियोगितामा सहभागी भएका छन् । उनको निलम्बन नेपाल क्रिकेट संघ क्यानले फुकुवा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ