२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड

२०७९, ३ फाल्गुन बुधबार ११:०५

फागुन ३, दाङ | राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरु पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।  


दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि आज यहाँ आउनुभएका राष्ट्रपति भण्डारीले सो भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो । 

उहाँले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहनुभएको स्मरणसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए ।” 

दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठूलो योगदान रहेको स्थानका रुपमा पनि चिनारी रहेको बताउँदै उहाँले आफू धेरै पटक दाङ आएको स्मरण पनि गर्नुभयो । 

नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेकोसमेत उहाँले बताउनुभयो । उहाँले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु यहाँका नागरिकका लागि सौभाग्यको कुरा हो भन्नुभयो । 

राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरु उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।   

साथै उहाँले शिक्षण भवन उद्घाटनसँगै यसले आयुर्वेद विषयका कैयौँ स्नातक उत्पादन गर्ने काममा सघाउन पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गर्नुभयो । 

उहाँले आयुर्वेद उपचार पद्धति नेपालको पुरानो उपचार पद्धति भएको र यसलाई कोरोना भाइरसका बेला मानिसहरुले अवलम्बन गरेबाट पनि यसको महत्व विश्वमै बढेको स्पष्ट गर्नुभयो । पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रुपमा आयुर्वेदलाई लिने गरिएकोसमेत राष्ट्रपति भण्डारीले बताउनुभयो । 

आयुर्वेद, योग, ध्यानलगायत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अनेकौँ उपचार पद्धतिको खोज अनुसन्धानका लागि पनि संस्कृत विश्वविद्यालय क्रियाशील हुनुपर्ने उहाँको सुझाव थियो ।  

राष्ट्रपति भण्डारीले नेपालीको पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भन्दै यसको नेतृत्व विश्वविद्यालयसहित अन्य प्राज्ञिक संस्थाले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो परिकल्पना केवल आर्थिक समृद्धि र भौतिक सुखसँग मात्रै सम्बन्धित छैन । सांस्कृतिक, नैतिक र सभ्यतागत उच्चतासँग पनि सम्बन्धित छ । हामी सांस्कृतिक पुनरुत्थानको महान यात्रामा गतिशील छौँं ।” 

त्यस अवसरमा उहाँले नेपाल संस्कृत विश्वविद्यालयसँग थुप्रै चल, अचल सम्पत्ति रहेको भन्दै त्यसलाई संरक्षण गरी आयआर्जनमूलक कार्यमा लगाउन पनि सुझाव दिनुभयो । 

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बताउनुभएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले यस विश्वविद्यालयको विकास र विस्तारका लागि आफू लागिपर्ने बताउनुभयो । 

सो कार्यक्रममा विश्वविद्यालयका उपकूलपति प्रा डा यादवप्रसाद लामिछाने र कुलसचिव माधव अधिकारी र शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले विश्वविद्यालयका बारेमा जानकारी गराउनुभएको थियो । आयुर्वेदमा स्नातक ९बिएएमएस० अध्ययनका लागि सो भवन निर्माण भएको हो । तीनतल्ले उक्त भवनमा एक सय आठ  कोठा रहेका छन् । सोही भवनमा कोरोनाको समयमा लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पताल पनि सञ्चालन गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी