२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

२०७९, ४ फाल्गुन बिहीबार ०६:००

फागुन ४, काठमाडौँ | नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन भएको छ ।

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली हरिकलाको उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बोन अस्पतालमा निधन भएको हो ।८६ वर्षीया हरिकला गएराति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा भएको ग्यास सिलिन्डर विस्फोटमा परि गम्भीर घाइते भएकी थिइन् । अस्पतालका अनुसार उनको अहिले करिब ११ बजेतिर निधन भएको हो । उनको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी