११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालुवाटारबाट बाहिरिए ओली, के-के भयो कुराकानी ?

४ फाल्गुन २०७९, बिहीबार ०७:१३

फागुन ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदाल दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

बिहीबार (आज) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रचण्ड-ओलीबीच मूलत: राष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते हुँदैछ ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजीसहितको प्रचारप्रसार हुन थालेपछि उनीहरूबीच भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । ‘खासगरी उहाँहरूबीच फागुन २५ कै बारेमा कुराकानी भएको हो । विभिन्न अड्कजबाजीसहितको प्रचार हुन थालेपछि उहाँहरू बस्नुभएको हो,’ ती सदस्यले भने ।

फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । ओली त्यसका लागि प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) गठबन्धनबाट बाहिर नजाओस् भन्ने चाहन्छन् । उनी निरन्तर त्यही कसरतमा छन् । आजको बैठकमा ओलीसमक्ष प्रचण्डले राष्ट्रिय सहमति बनाएर राष्ट्रपति निर्वाचनमा जानुपर्ने तर्क गरेका छन्। पुस २६ गते कांग्रेससहित २ सय ६७  सांसद्बाट विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ। पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन