१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको बिदाइ

४ फाल्गुन २०७९, बिहीबार ०९:३७

फागुन ४, काठमाडौँ | छ वर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश हुनुभएको छ । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव  र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गर्नुभयो । उहाँले आयोगको छविलाई उच्च राख्न पौड्यालले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन (विसं २०७४) देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्यालले दिनुभएको योगदान आयोग र आमजनताका लागि सम्पत्ति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूल मन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानुनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गर्नुभयो । उहाँले कानुनको इमान्दारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगमा विसं २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीनदशक निजामती सेवामा व्यतित गरी विशिष्ट श्रेष्णी (सचिव) बाट अवकाश प्राप्त गर्नुभएको थियो । विसं २०१५ वैशाख ११ गते स्याङ्जामा जन्मनुभएका पौड्यालले वातावरण इञ्जिनीयरिङ, समाजशास्त्रलगगायत विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । विश्वका ४५ मुलुकको भ्रमण गर्नुभएका पौड्याल सार्वजनिक खरिद, करार व्यवस्थापन, कार्यदक्षता मूल्याङ्कन, खानेपानी व्यवस्थापन, अनुगमन÷मूल्याङ्कन जस्ता विषयमा विज्ञ मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक