१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारले संसद्लाई ‘बिजनेश’ नै दिएन : राष्ट्रिय सभाका सांसद

४ फाल्गुन २०७९, बिहीबार १०:२५

फागुन ४, काठमाडौँ | राष्ट्रिय सभाका सांसदहरूले संसद्लाई ‘बिजनेश’ नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैली प्रति नै असन्तुष्टि जनाए । बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठ‍ीक नभएको उल्लेख गरे । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, ‘बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन् ।  दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ नि । बेलुका सचिवसँग बसेर भोलिका लागि कामको बारेमा छलफल गरे पो हुन्छ । मन्त्रीहरूको काम गर्नै तौरतरिका एकदम गलत भन्ने मलाई लाग्दछ । संघीयता हामीले ल्यायौं । समितिहरू धेरै भए ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद्लाई ‘बिजनेश’ नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले निजामती कर्मचारी ऐन कहाँ छ ? भनि सरकारलाई प्रश्न समेत गरिन् । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘निजामती ऐन कता लुकेको छ ? अहिलेको यो सरकारले बिजनेश नै दिएन पार्लियामेन्टलाई । ऐन भटाभट आउनु पर्‍यो संसद्‍मा । समिति बस्छन् । त्यस विषयमा छलफल गर्छन् । ऐनकै अभावमा प्रदेश र स्थानीय तहले कानुन बनाएर काम गर्न सकेका छैनन् ।’

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरूलाई आग्रह गरिन् । उनले महिला जनप्रतिनिधिहरू संघीयताको भावना अनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहोर्‍याइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक