फागुन ४, काठमाडौँ | नुवाकोट चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको बट्टारबाट दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुर नगरपालिका–१२ स्थित चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीयले सामाजिक सञ्जालमा राखेको तस्बिर तथा भिडियाेमा दुई जनाकाे शव देखिएको छ।
घटनालगत्तै स्थानीयले उद्धारको कार्य थालेर प्रहरीलाई खबर गरेका थिए।
घटनाको थप विवरण आउन बाँकी छ।