2026-09-28 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन

फागुन ६, वाशिङ्गटन | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई  वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनु भएको छ ।  

ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार “राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिनु भएको छ । राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्वन गर्न समेत निर्देशन दिनु भएको छ । 

अमेरिकी आकाशमा हालै देखिएका शङ्कास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे थप अनुसन्धान गर्न समेत निर्देशन दिनु भएको छ । यसैबीच राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफीङसँग वार्ता गर्ने अपेक्षा गरेको पनि उल्लेख गर्नु भएको छ । खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ती वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बलुनहरू थिए । गत फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दाबी गरेको विशाल बलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दाबी छ । म स्पष्ट हुन चाहन्छु पछिल्ला दिनहरूमा हाम्रो आकाशमा देखिने शङ्कास्पद वस्तुहरूको सङ्ख्यामा अचानक बृद्धि भएको कुनै प्रमाण त छैन तर हामी जडान गरेका निगरानी राडरहरूले त्यस बारे थप जानकारी दिनेछन् ।   

राष्ट्रपति बाइडेनले केही समय अघि देखिएका ती तीन वस्तुहरू चिनियाँ जासुस बलुन कार्यक्रमसँग सम्बन्धित हुन् वा अन्य कुनै देशको निगरानी सम्यन्त्रसँग सम्बन्धित हुनसक्छन् भन्ने बारे थप अनुसन्धान आवश्यक रहेको बताउनु भएको छ । उहाँले अमेरिकाले आफ्नो आकाशमा देखेका हरेक मौसमी बलुनलाई गोली हान्ने त छैन तर ती जासुसीसँग सम्बन्धित छन् वा छैनन् त्यस बारे भने गम्भीर अध्ययन अनुसन्धान भने गर्ने बताउनु भएको छ ।  

उहाँले यदि कुनै वस्तुले अमेरिकी जनताको सुरक्षामा खतरा उत्पन्न गर्छ भने त्यसलाई नियन्त्रण गर्न अमेरिका सक्षम हुने पनि उहाँले  दाबी गर्नु भएको छ । राष्ट्रपति बाइडेनले ती तीन वस्तुहरू कुनै निजी कम्पनी, मनोरञ्जन वा अनुसन्धान संस्थाहरू, मौसम अध्ययन वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने बेलुनहरू पनि हुन सक्ने उहाँको धारणा छ । “अमेरिकाले चीनसँग “नयाँ शीतयुद्ध” चाहिरहेको छैन । हामी पनि चीनसँग घनिष्ट संलग्नता चाहान्छौं” राष्ट्रपति  बाइडेनले भन्नुभयो । अमेरिकी कूटनीतिज्ञहरू चिनियाँ समकक्षीहरूसँग निरन्तर सम्पर्कमा रहेर चीनका राष्ट्रपतिसँग संवाद जारी राख्ने राष्ट्रपति बाइडेनको धारणा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह