१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जापानले सहज भिसा दिने

७ फाल्गुन २०७९, आईतवार ०५:३८

फागुन ७, काठमाडौँ । जापानले विदेशी विशेष क्षमता भएका दक्ष जनशक्तिलाई भिसा प्रक्रियामा सरलीकृत गर्दै फास्ट ट्र्याकबाट भिसा दिने भएको छ। उन्नत व्यापार र व्यवस्थापन गतिविधिमा आवेदन गर्नेहरूका लागि ५ वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड र वार्षिक ४० मिलियन येन आम्दानी भएमा जापानले ५ वर्षको भिसा दिनेछ। मन्त्रीस्तरीय बैठकले युवा विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज बनाउन यस्तो निर्णय गरेको हो। 


जापानको अध्यागमन सेवा एजेन्सीद्वारा तोकिएको विश्व वरियता सूचीमा शीर्ष सयमा परेका विश्वविद्यालयबाट स्नातक गरेका विदेशीलाई ‘निर्दिष्ट गतिविधि’ भिसा दिइनेछ। जसले उनीहरूलाई जागिर खाँदै दुई वर्षसम्म बस्न सक्षम बनाउने छ। सरकारले जनताको राय लिएर अप्रिलमा नयाँ पद्धति सुरु गर्ने लक्ष्य राखेको छ। भिसा प्रदान गर्न शैक्षिक, रोजगारी पृष्ठभूमि र वार्षिक आम्दानीसहितका योग्यतालाई बिन्दुमा आधारित प्रणालीलाई अबलम्वन गर्ने बताइएको छ। 

दक्ष कामदार प्राप्त गर्ने विश्वव्यापी दौडले तातेको यस समयमा दक्ष जनशक्ति पाउन जटिल देखिएको विश्लेषकहरूको भनाइ छ। सरलीकृत आवश्यकताअन्तर्गत ५ वर्षको भिसा प्राप्त गर्नेहरूले पनि हालका धारकहरूका लागि ३ वर्षको तुलनामा एक वर्षको बसोबासपछि स्थायी भिसाका लागि योग्य हुनेछन्। 

‘लागू गर्न लागिएको नयाँ प्रणालीले उच्चस्तरीय क्षमता भएकाहरूलाई प्राथमिकता दिनेछ’, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले मन्त्रीस्तरीय बैठकमा बताए। 

२०१२ मा सुरु गरिएको वर्तमान प्रणालीअन्तर्गत, गत वर्ष जुनसम्म कुल ३४ हजार ७ सय २६ व्यक्तिले ५ वर्षे भिसा प्राप्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक