१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंबारे ओलीले भने- पानीको लेभल आफैं मिल्दै जान्छ

७ फाल्गुन २०७९, आईतवार ०८:२८

फागुन ७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरूसँग गरेको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन्।

विराटनगरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले पूर्वराजा आफैं अलमलमा रहेको र त्यो प्रस्तावको कुनै अर्थ नभएको बताए।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजसंस्था र दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए।

यसपछि एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंमाथि परेको उजुरी र कारबाहीबारे सोधिएको प्रश्नमा ओलीले ‘पानीको लेभल आफैं मिल्दै जाने’ प्रतिक्रिया दिए।

नेकपा एमाले प्रदेश नम्बर १ ले केही दिनअघि प्रसाईंलगायतमाथि कारबाही गर्न केन्द्रमा पत्राचार गरेको थियो। प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारशलाई सँगै राखेर केही दिनअघि अभियान सुरू गरेका थिए।

प्रसाईंलाई कारबाही गर्नेबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘तपाईंहरूलाई कारबाही खुब चासो छ। एकातिर भीम रावल कराउँदै हिँड्नुहुन्छ। अर्कोतिर केन्द्रीय सदस्य (दुर्गा प्रसाईं) के गर्दै हिँड्छन्, पानीको लेभल आफैं मिल्दै जान्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक