२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा माओवादीको समर्थन कसलाई ? पदाधिकारी बैठकमा छलफल जारी

२०७९, ८ फाल्गुन सोमबार १२:१५

फागुन ८, काठमाडौँ | सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालमा पदाधिकारी बैठक बसिरहेको हो । राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे बैठकले निर्णय लिने माओवादी नेताहरूले बताएका छन् । त्यसैले माओवादीको यो बैठकलाई चासोका साथ हेरिएको छ । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोमा प्रधानमन्त्री प्रचण्डले भाका फेर्न थालेको भन्दै एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनसमेत धरमराएको छ । बैठक सुरू हुनुअघि महासचिव देव गुरुङले पार्टी विशेषलाई राष्ट्रपति संविधानको भावनाविपरीत हुने जिकिर गरे । तर, १० पुसमा एमालेसँग सहमति गर्नुभएको थियो नि भन्न पत्रकारको प्रश्नमा उनले त्यसलाई नकारे । उनले एमालेले राष्ट्रपति आफ्नो हुनुपर्ने प्रस्तावमात्रै गरेको दाबी गरे ।

‘कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ ? प्रस्ताव राख्ने एउटा पाटो भो । दल विशेषलाई बनाउने अर्को कुरा हो ? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ ? संविधानको भावनाअनुसार जानुपर्छ ’, गुरुङले भने ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘दाउ’ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी