१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा माओवादीको समर्थन कसलाई ? पदाधिकारी बैठकमा छलफल जारी

८ फाल्गुन २०७९, सोमबार १२:१५

फागुन ८, काठमाडौँ | सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालमा पदाधिकारी बैठक बसिरहेको हो । राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे बैठकले निर्णय लिने माओवादी नेताहरूले बताएका छन् । त्यसैले माओवादीको यो बैठकलाई चासोका साथ हेरिएको छ । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोमा प्रधानमन्त्री प्रचण्डले भाका फेर्न थालेको भन्दै एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनसमेत धरमराएको छ । बैठक सुरू हुनुअघि महासचिव देव गुरुङले पार्टी विशेषलाई राष्ट्रपति संविधानको भावनाविपरीत हुने जिकिर गरे । तर, १० पुसमा एमालेसँग सहमति गर्नुभएको थियो नि भन्न पत्रकारको प्रश्नमा उनले त्यसलाई नकारे । उनले एमालेले राष्ट्रपति आफ्नो हुनुपर्ने प्रस्तावमात्रै गरेको दाबी गरे ।

‘कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ ? प्रस्ताव राख्ने एउटा पाटो भो । दल विशेषलाई बनाउने अर्को कुरा हो ? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ ? संविधानको भावनाअनुसार जानुपर्छ ’, गुरुङले भने ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘दाउ’ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक