2026-06-17 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपाललाई राष्ट्रपति बनाउन कहीँबाट प्रस्ताव नआएको मेटमणिको प्रष्टीकरण

फागुन ९, काठमाडौं | नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिजोदेखि राष्ट्रपतिका विषयमा खुबै चर्चा भएपनि कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै भेटघाट नभएको दाबी गरेका हुन् ।


सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएका थिए । चौधरीले त्यसलाई खण्डन गर्दै समय-समयमा यस्ता अफवाहहरु आउने र समयक्रममै हराएर जाने गरेकाे टिप्पणी गरे । उनले भ्रममा नपर्न पनि आग्रह गरे ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा राजनीतिक वृत्तमा विभिन्न कोणमा छलफल जारी छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष ओली एवम् नेकपा एसका नेपालसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । त्यस्तै, एमालेका ओली र नेकपा एसका नेपालबीच पनि भेटवार्ता भएको समाचारहरु आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ