१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति उम्मेदवारबारे माधव नेपाल- मैले नै आफैं के गर्ने भनेर सोचिसकेको छैन

९ फाल्गुन २०७९, मंगलवार ०८:१०

फागुन ९, देउखुरी | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताएका छन् । राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे भने उनी खुलेनन् ।

लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ-देउखुरी पुगेका नेपालले पत्रकार भेटघाटमा राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताए । ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो, मैले नै आफैं के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भनेर सोचिसकेको छैन,’ उनले भने ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले मिडियामा आएका सबै कुरा सत्य नहुने बताए । यसबारे हतारमा केही नबोल्ने बताउँदै उनले भने, ‘प्रेसमा आएका कुराहरु सबै सत्य नै हुन्छन् भन्ने कुरा छैन । विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौं, अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । पर्दा भित्र नै रहनदिनुपर्छ, पर्दाभित्र नै रहोस् ।’

उनले अगाडि भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुको निम्ति मात्रै हामी सधैंभरी बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’ के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा वृहत छलफलको आवश्यकता भएको उनले बताए ।

प्रतिनिधि सभा निर्वाचन अगाडि आफ्नो पार्टीलाई राष्ट्रपति उम्मेदवार दिन कांग्रेस र माओवादी सहमत भएको बताउँदै उनले त्यसै अनुसार सम्मानित नेता झलनाथ खनाललाई अघि सारेको जानकारी दिए । तर खनाल निर्वाचनमा पराजित भएकाले विभिन्न नाममा छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक