११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महन्थलाई राष्ट्रपति बनाउने प्रस्तावमा के भने देउवाले ?

१० फाल्गुन २०७९, बुधबार ०६:४९

फागुन १०, काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा समर्थन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । देउवाको धुम्बाराहीस्थित निवासमा भेटका लागि अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा सहितका नेता पुगेका थिए ।

कांग्रेसबाट सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी भएका थिए । छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले लोसपाले राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न आग्रह गरेको जानकारी दिए । ‘महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि बढाउने निर्णय गर्‍यौं । अरु पार्टीसँग पनि भेट गरिसक्यौं भनेर लोसपाका नेताहरू कांग्रेसँगको छलफलमा आउनुभएको थियो,’ खड्काले भने, ‘हामीले पार्टीको बैठकले सल्लाह गरेर एउटा टुंगोमा पुग्छौं भन्ने जवाफ दिएका छौं ।’  कांग्रेस आफैंले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेको भन्दै खड्काले पार्टीले बैठक गरेर उम्मेदवार घोषणा गर्ने जानकारी दिए । 

‘हामीले यसअघि नै सार्वजनिक रूपमा राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छौं,’ खड्काले भने, ‘पदाधिकारी वा केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरेर केही दिनमा हाम्रो उम्मेदवार सार्वजनिक गर्छौं ।’

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ । मनोनयनको १ दिनअघि मात्रै कांग्रेसले उम्मेदवार तय गर्ने जानकारी उनले दिए । भेटमा सहभागी भएका नेता अनिल झाले आफूहरूको आग्रहमा कांग्रेस सभापतिले पार्टीमा सरसल्लाह गरेर जवाफ दिने बताएको जानकारी दिए । ‘हामीले हाम्रो अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा जिताउन सहयोग गर्नुस् भनेर भेटेरै आग्रह गरेका छौं,’ झाले भने, ‘उहाँले पार्टीमा आवश्यक सरसल्लाह गरेर एउटा टुंगोमा पुग्छौं भन्नुभएको छ ।’ 

भेटका क्रममा देउवाले महन्थ सहमति गर्नका लागि उपयुक्त पात्र भएको बताए पनि कांग्रेसको पनि दाबी रहने बताएका थिए । ‘हामी आफैं पनि राष्ट्रपतिका लागि दाबेदार पार्टी हो तर हामीले उम्मेदवार अगाडि सारिसकेका छैनौं,’ देउवाको भनाइ उदृत गर्दै झाले भने, ‘सहमति जुटाउनका लागि महन्थजी राम्रो पात्र हो । हामी आफैं पनि दाबेदार रहेकाले पात्र अगाडि सारिसकेका छैनौं, हामी छलफलमै छौं ।’

नेता झाका अनुसार देउवाले लोसपा र कांग्रेस एउटै मोर्चामा रहेको भन्दै सहमतिको वातावरण बनाएर अगाडि जानुपर्ने बताएका थिए । पछिल्लो समय राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । यसैले यस्ता भेट नियमित भइरहेका छन् । लोसपाले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पनि राष्ट्रपतिमा ठाकुरलाई समर्थन गरेर जान आग्रह गरेको थियो । 

यसअघि अध्यक्ष ठाकुरसहितका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरिसकेका छन् । ठाकुर राष्ट्रपतिको उम्मेदवार भए जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने बुझाइ कांग्रेस, एमाले, माओवादी सबै दलमा छ । यसैले यी दललाई मिलाउन ठूला दल नै पहलकदमी लिइरहेका छन् । राष्ट्रपतिमा अहिलेसम्म कांग्रेस, एमाले र लोसपाले दाबी गरेका छन् । माओवादीसँग राष्ट्रपति चुनावको नतिजालाई जता पनि पल्टाउन सक्ने निर्णायक मत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन